Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षण

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षण

images
  • सेतोमसी सहकर्मी
  • शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षण
    images
    images

    पोखरा । पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।

    images
    images
    images

    विद्यालयस्तरमा ह्याण्डबल खेलको विकास संगै यूवा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशको ह्याण्डबलको बलियो उपस्थितीलाई अझै बलियो बनाउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताउँदै आफूले सिकेको शिपको सदुपयोग गर्दै यूवा खेलाडी उत्पादन, ह्याण्डबलको विकास र प्रवर्द्धनमा खर्च गर्न आग्रह गरे ।

    images
    images
    images

    प्रदेश खेलकुद परिषदले सबै खेलको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै खेलकुदलाई प्रविधिमैत्री बनाउन समेत जोड दिए । उपाध्यक्ष गुरुङले समाज रुपान्तरण र संस्करयूक्त समाज निर्माणको अभियानमा खेलकुद अपरिहार्य रहेको उनको भनाई थियो ।

    images
    images
    images

    प्रदेश खेलकुद परिषदका सदस्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य एवं प्रदेश ह्याण्डबलका उपाध्यक्ष गिरमान गुरुङ, महासचिव राजेन्द्र पहाडी, प्रशिक्षार्थी शिक्षक सुरेन्द्रराज धितालले आफ्ना भनाई राखेका थिए ।

    पाँच दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा प्रशिक्षकहरु राम बहादुर क्षेत्री, चित्र बहादुर थापा, विशाल बस्नते, विशाल नेपालीले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा कास्कीसहित विभिन्न ७ जिल्लाका ४० जना खेल शिक्षकहरुको सहभागिता रहेको थियो ।

    प्रदेश ह्याण्डबल संघले पोखरामा यहि जेठको तेस्रो साता सम्म प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको तयारी समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्याण्डबल प्रशिक्षण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।