देवदह । रुपन्देहीको देवदह -७ शितलनगरमा स्थित सगरमाथा आवासीय मा.वि.मा अध्ययन गर्ने विद्यार्थीहरुलाई लागु औषध दुव्यसनी एवम् बालविवाह न्यूनीकरण सम्बन्धी जानकारी मुलक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
यूवा पुस्तालाई लागु औषधको प्रयोगबाट बचाउने र सामाजिक विकृतिको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्ने उद्येश्यले प्रहरी कार्यलय देवदहको सहकार्यमा उत्त तालीम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक प्रहरी निरिक्षक एक्क बहादुर नेपालीले लागुऔषधले जीवन बर्बात गर्ने हुँदा आफु पनि यसबाट बच्ने र अरुलाई पनि सजक बनाउने कार्यमा लाग्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले आधुनिक समाजमा लागुऔषध र बालविवाह जस्ता समस्याहरु समाधान गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्याक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह प्राचार्य लेखनाथ काफ्लेको संचालनमा सम्पन्न भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology