Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा आइ.पि.भी खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम

देवदहमा आइ.पि.भी खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा आइ.पि.भी खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम
    images

    देवदह । देवदहमा आइ.पि.भी. खोप अभियान २०८१ अन्तर्गत स्थानीय तह जनप्रनिधी,खोप दिने स्वास्थ्य कर्मी तथा शिक्षकहरु बिच अभिमुखीकरण कार्यक्रम देवदह नगर पालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको छ।

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाले सोमबार जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरु सङ्ग एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको हो ।
    अभिमुखीकरण कार्यक्रममा देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले पूर्ण खोप सुनिश्चितताका लागि विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताउँदै खोप अभियान भर विद्यालयले स्वास्थ्य कर्मी हरुलाई सहयोग गर्न आग्रह गरिन्। 

    images
    images
    images

    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइ.पि.भी खोप अभियान २०८१ जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुँदैछ । जस अन्तर्गत देवदहमा जेष्ठ १३ गतेदेखि १७ गते सम्म संचालन हुने देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले जानकारी बताए। 

    images
    images

    आइपीभी खोप अभियानको औचित्यबारे बुझाउने र पूर्ण खोप सुनश्चितता लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख बन्जाडेले बताए।

    विश्व स्वास्थ्य संगठनका खोप अफिसर प्रतीज्ञा केसिले पोलियो रोग उन्मुलनका लागि देशव्यापी रुपमा आइ.पि.भी खोप अभियान २०८१ संचालन गर्न लागिएको बताइन् । उनले खोप सम्पन्न गर्नका लागि विद्यालय शिक्षकहरुको ठूलो भूमिका रहने बताइन्। 

    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अन्तर्गत देशभर १४ लाख भन्दा बढी र देवदहमा ४ हजार २० जना बालबालिकालाई खोप लगाइने देवदह नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

    देवदहमा १३ गतेदेखि १६ गते सम्म विद्यालयहरुमा खोप केन्द्र राखेर खोप अभियान संचालन गरिने र छुटेकाहरुका लागि १७ गते नजिकैको खोप केन्द्रबाट खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइ.पि.भी खोप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।