Logo

२०८३, आश्विन ९गते


images
images

एक घर एक धाराले च्यूरेकाे सपना साकार पार्दै

एक घर एक धाराले च्यूरेकाे सपना साकार पार्दै

images
  • सेतोमसी सहकर्मी
  • एक घर एक धाराले च्यूरेकाे सपना साकार पार्दै
    images
    images

    कृष्ण अन्जान गुल्मी ,
    पाेहाेर साल रुरु एक च्यूृरेक ठाडाबाटाकी  एकसय दस वर्षे जमदार्नी आबैले पानीकाे समस्या सुनाउँदा साह्रै नमज्जा लाग्याे ।
    तर जमदार्नी आवै इन्द्र कुमारी क्षत्रिले गुनासाे गरेकाे एक वर्ष नबित्दै तिनै अामाकाे घरमा पानीकाे धाराे खसेकाे छ ।
    यतिबेला रुरुक्षेत्र गाउँ पालिका १ काे च्यूरेक गाउँका वासिन्दा हरुमा खुसियाली छाएकाे यसकाे कारण एक घर एक धारा कार्यक्रमकाे सफलता हाे ।
    च्यूृरेक गाउँबाट करिब पाँचकिलाेमिटर टाढा तिल्केनिबाट ल्याईएकाे पानी ठाडाबाट मा एउटा टँकि र बिसौनामा अर्काे टँकि खसालेर मध्य च्यूरेकका पच्चीस घरलाई एक घर एक धाराकाे व्यवस्थापन गरिएकाे च्यूरेक खानेपानि उपभोक्ता समुहका अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयाे ।
    मध्य च्यूरेकका वासिन्दाका लागि धारा जाेडियाे अब जानपाटा देखि ठुलापाेखरा सम्मका वासिन्दाका लागि अाँपखर्कमा टँकि निर्माण गरि एकघर एकधारा वितरण प्रकृया मिलाउने हाे अध्यक्ष ज्ञवालीले भन्नु भयाे ।
    मध्य च्यूरेकमा एक घरएक धाराका लागि प्रदेश सरकारकाे बजेट व्यवस्थापनमा पहल यसक्षेत्रका युवा नेता यदु ज्ञवालीले गर्नु भएकाे च्यूरेक खानापानी उपभोक्ता समितिका सचिव वसन्त क्षेत्रीले बताउनु भयाे ।
    च्यूरेककाे खानेपानी समस्याका बारेमा विभिन्न निकाएमा हामिले हार गुहार गर्यौँ तर कतै पहुँच नपुगेपछि यदु ज्ञवाली सँग पुग्यौं र सहजरुपमै हामीलाई बजेट व्यवस्था भयाे र काम पनि सम्पन्न हुँदैछ सचिव बसन्त क्षेत्रीले भन्नु भयाे ।
    प्रदेश सरकारकाे करिब २३ लाख रकमले मध्य च्युरेकमा एकघर एकधारा जाेडिएका छन र माथिल्लो च्यूृरेकमा पनि त्यतिकाे सँख्या धारा जाेडिने गरि काम शुरु भएकाे उपभोक्ता समितिका अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयाे ।
    याे पटक पनि प्रदेश सरकारले १८ लाख छुट्टयाएकाे सुनेका छौँ हाम्रो एक घर एक धाराकाे सपना साकार हुने भयाे अध्यक्ष ज्ञवालीले खुशि व्यक्त गर्नु भयाे ।
    करिब पच्चीस  वर्ष अघि निर्माण भएकाे जनैढुँगा च्यूरेक खानेपानी अायाेजनाले सिमित धाराहरुबाट पिउने पानी बितरण भएकाे मा पछिल्लो चरणमा एकघर एक धारा कार्यक्रमले साँच्चै च्यूरेककी समुदायमा विकासकाे नयाँ अायाम थपिएकाे अनुभुति भएकाे छ ।
    सातकिलाेमिटर टाढाकाे जनैढुँगाबाट  जनश्रमदान परिचालन गरि च्यूरेकी जनताले हातमा ठेला पारेर सँघर्ष गरि ल्याएकाे पिउने पानीकाे ढाइ दशक पछि बल्ल एकघर एकधारा काे व्यवस्थापन हुँदा च्यूृरेक वासिकाे खुशिकाे सिमा छैन ।
    विकासलाई राजनितिक पुर्वाग्रहकाे रुपमा हेरिनु हुन्न भन्ने बुझेका च्यूरेकी जनता भाेट बैँककाे रुपमा प्रयाेग भई रहेपनि पहुँच बाट टाढा र कसैले ध्यान नदिईरहेकाे अवस्थामा पछिल्लो चरणमा रुरुक्षेत्रका युवा नेता यदु ज्ञवालीकाे सदासयता र गुल्मेली नेता सुदर्शन बराल प्रति कृतज्ञ देखिएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।