Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा तर्बुज मेला, उत्साहीत हुदै उपभोक्ता किसानको बारीमा

पोखरामा तर्बुज मेला, उत्साहीत हुदै उपभोक्ता किसानको बारीमा

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा तर्बुज मेला, उत्साहीत हुदै उपभोक्ता किसानको बारीमा
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा गर्मी बढेको छ । यो मौषममा उपभोक्ताहरूको रोजाईमा हुने गरेको तर्बुजा खेती पोखराको काठे बस्तीहरू लगाएका छन् ।

    images
    images
    images

    पोखराको पर्यटन बजारमा हरेक मौसममा खपत हुने गरेको खरबुजा कतिपय अवस्थामा तराई र भारतीय बजारबाट आपूर्ति हुने गरेको थियो । तर यस बर्ष पोखरा महानगरपालिकाले किसानलाई विऊ र मल दिएर पोखरा मै उत्पादन गर्न लगाएको छ । पर्यटकीय सहर पोखरामा बजार अभाब नभएको खर्बुजा र तर्बुजाको पोखरा मै उत्पादन थालेको हो ।

    images
    images
    images

    किसानहरुले खरबुजा खेतीबाट वैकल्पिक आम्दानी लिन थालेका छन् । पोखराको पर्यटन बजारमा खरबुजाको खपत नियमित हुने कारणले पोखरामा अभाव छैन । खरबुजा खेती पोखरा १३ ढाडबेसी, विजयपुर खोलाको बगर, पोखरा २३ को घाटिछिना, भरतपोखरी, लेखनाथको बलौटे बारीमा किसानहरुले तर्बुजा खेती गरेका छन् ।

    images
    images
    images

    किसानलाई पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तरगतको कृषि शाखाले निःशुल्क रुपमा खर्वूजाको बिउ, मल्चिङ्ग प्लास्टिक, अर्गानिक विषादीहरू उपलब्ध गराएको र किसानहरूलाई निःशुल्क तालिम दिएको थियो । महानगरले कृषकको तर्बुज विक्रिका लागि शुक्रबार मेलाको नै आयोजना ग¥यो । बारी मै पुगेर उपभोक्ताले तर्बुजा टिपेर खरिद गरे ।

    कतिपयले तर्बुज खाने प्रतियोगितमा भाग लिए । महानगरपालिकाले पोखराका १० ठाउँमा नमुना खरबुजा खेती गर्न किसानलाई सहयोग गरेको थियो । यस वर्ष १८ टन भन्दा बढि उत्पादन हुने पोखरा महानगरपालिका कृषिमहाशाखा प्रमुख मनहर कडरियाले बताए ।

    पोखरा सहरको उपभोक्ता बजारमा पर्यटकीय चाप बढेसँगै खरबुजाको उपभोक्ता वृद्धि हुने र स्थानीय सरस्वती जातको खरबुजा गुलियो स्वादिलो हुने भएकोले उपभोक्ताको रोजाइमा छ । प्राङ्गारिक तत्वको सुनिश्चितताका कारण तराईबाट आउने खरबुजाभन्दा बढी स्वस्थकर रहेको उनीहरुको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तर्बुज मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।