जगलाल नेपाली, पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा सञ्चालन भएको एक दिने विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार भन्दा बढि नागरिकले स्वास्थ्यलाभ लिएका छन् ।
भुवनपोखरी रुपन्देही सम्पर्क समाज रुपन्देहीको आयोजनामा बिशेषज्ञ चिकित्सकबाट स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिबिरमा इसिजि, ल्याव परिक्षण, भिडियो एक्सरे, समेत गरिएको थियो । नागरिकहरुलाई सहज रुपले सेवा प्रदान गर्नको लागि छुट्टाछुट्टै विशेषज्ञको कोठा, औषधी वितरण कक्ष, एक्सरे कक्ष, नामदर्ता कक्षको व्यवस्था गरी निशुल्क शिविर गरिएको सम्पर्क समाजका अध्यक्ष सिताराम भट्टराइले जानकारी दिए ।
शिविरमा लुम्विनी प्रादेशिक हस्पिटलका सुगर, प्रेसर थाइराइड, दम, पेट, छाती रोग विशेषज्ञ डा. नन्दु पाठक, लुम्विनी प्रादेशिक हस्पिटल बुटवलका सुगर, प्रेसर थाइराइड, दम, पेट, छाती रोग विशेषज्ञ डा. प्रकाश भट्टराई, लुम्विनी नर्सिङ्ग होम बुटवलका हाड जोर्नी तथा नशा, बाथ रोग विशेषज्ञ डा. हिरामणी पौडेल, लुम्विनी प्रादेशिक हस्पिटल बुटवलकी महिला प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.ज्योति श्रेष्ठ, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का वालरोग विशेषज्ञ डा.अनिल खनाल, लुम्विनी प्रादेशिक हस्पिटल बुटवलका रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, लुम्विनी प्रादेशिक हस्पिटल बुटवलका नाक, कान, घाटी रोग विशेषज्ञ डा.विवश पराजुली, नवजीवन फिजियो रिहाव सेन्टर, बुटवलका फिजियो थेरापिष्ट डा.मिलन के.सी. लुम्विनी प्रादेशिक हस्पिटल बुटवलका मेडिकल अफिसर डा.कल्पना न्यौपाने, लुम्विनी प्रादेशिक हस्पिटल बुटवलका मेडिकल अफिसर डा.गोकुल पौडेल सहितको वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले चेक जाँज गरेका थिए । शिबिरमा विभिन्न जटिल खालका विरामीको पहिचान गरि विरामीहरुलाई सुझाव सल्लाह सहित औषधी समेत वितरण गरिएको वडा अध्यक्ष प्रदिप पौडेल जानकारी दिए ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुम्मागत भट्टराईले ग्रामिण भेगमा स्वास्थ्यको पहुच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले विभिन्न संघ/संस्थाको सहयोगमा यस्ताखालका स्वास्थ्य शिविर सञ्चालन गरेर पालिकावासी नागरिकलाई सेवा दिन गाउपालिका सधै लागी पर्ने वताए ।
शिबिर रैनादेवि गाउपालिको संयोजन, वडा कार्यालय र भुवनपोखरी रुपन्देही सम्पर्क समाज रुपन्देहीको आयोजना, निरोग स्वास्थ्य क्लिनिक बुटवल र नेपाल अस्तित्व फाउण्डेशन नेपालको सहयोगमा शनिबार शिविर सञ्चालन भएको थियो ।
साथै नेपाल अस्तित्व फाउण्डेशन नेपालले रैनादेवि माध्यमिक विद्यालयलाई स्वास्थ्यका सामाग्री समेत हस्तान्तरण गरेको थियो । शिविरमा रैनादेवि छहरा गाउपालिका, भुवनपोखरी वडा कार्यालय, भुवनपोखरी स्वास्थ्य चौकी, अमिले सामुदायिक स्वास्थ्य इकाई रैनादेवि मा.वि. लगायत विभिन्न राजनिती दलहरुको सहभागितामा शिविर सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology