Logo

२०८३, आश्विन ९गते


images
images

निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले लिए सेवा

images
  • निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले लिए सेवा
    images
    images

    पोखरा । पोखरा महानगरपालिका वडा  नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिएका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त सङ्ख्याका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । 

    images
    images
    images

    शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच पश्चात् औषधि वितरण गरिएको थियो। चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए। शिविरमा ६ वर्षदेखि देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएका थिए । 

    images
    images
    images

    शिविरको समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले आई.एन.एफ नेपालले  १ दिने शिविर राखेर वडावासी २६६ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्रति आभार प्रकट गरे । उनले वडा नं १५ को ५ वर्षे विकास र परिवर्तनको रणनीति अनुरूप पूर्वाधारलाई मात्रै विकास नभनी पूर्वाधारलाई एउटा विकासको पाटो बनाएर स्वास्थ्य, शिक्षा, खेलकुद र स्वरोजगारलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताए  । 

    images
    images
    images

    बानियाँले वडाका नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर रहेको भन्दै यस कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन सहयात्रीको भूमिका निर्वाह गरेकोमा आई एन.एफ नेपालप्रति गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले यस संस्थाले विगतदेखि आजको दिनसम्म प्राविधिक, भौतिक र आर्थिक रूपमा सहयोग गर्दै आइरहेकोमा वडा नं १५ वासीहरूको तर्फबाट धन्यवाद दिँदै यस संस्थाले देखेको सपनालाई साकार बनाउन आफूहरू सहयोग गर्न तयार रहेको बताए । 
    वडा सदस्य आशिष भण्डारीले आजको निःशुल्क स्वास्थ्य शिविरमा वडाका नागरिकको उल्लेखनीय सहभागिता रहेको भन्दै नागरिकको स्वास्थ्यलाई नै प्राथमिकता दिँदै वडाले छिट्टै वृहत् खेलकुद महोत्सवको आयोजना गर्न लागेको बताए । 
    आई एन.एफको तर्फबाट बोल्दै प्रशासन अधिकारी दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी लागेको बताए। उनले कोभिडको समयमा पनि विभिन्न थरिका सामानहरू वितरण गरेको स्मरण गर्दै  सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको बताए । 

    अमरसिंह उच्च मावि र कालिका उच्च माविका पूर्व प्राध्यापक, रेडक्रस नेपालका पूर्व केन्द्रीय सदस्य तथा वडा नं १५ का समाजसेवी महेश गुरुङले वडाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गरे। उनले गत हप्ता मात्रै वडाले  वृद्ध वृद्धाहरूलाई विभिन्न स्थलहरूको भ्रमण गराएकोमा धन्यवाद दिँदै पछिल्लो समय वडाले देखाएको सक्रियता सकारात्मक कार्यको उदाहरण भएको बताए 
    पश्चिम घर भई हाल पोखरा बन क्याम्पसमा अध्ययनरत दीपेन्द्र साउद हाड जोर्नीको समस्या लिएर आएकोमा चिकित्सकले राम्रोसँग चेक जाँच गरी औषधी दिएर पठाएको बताए । उनले आफूहरू जस्तै टाढा– टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल र वडालाई धन्यवाद दिए । 

    केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार वडामा निःशुल्क उपचार गर्न पाइन्छ भनेर आएको बताइन् । “डाक्टर बाबुले हेरे, औषधी पनि लेखेर दिएका छन्।  अब सन्चो होला ।“ उज्यालो मुख लगाउँदै उनले भनिन्। 

    यस्तै पोखरा नयाँ गाउँ नागबेली टोलका वृद्ध कमल प्रसाद सुवेदीले टाउकोमा चिलाउने समस्या लिएर आएको र डाक्टरले चेक जाँच गरेर औषधी दिएको भन्दै वडाले यस्ता कार्यक्रमको आयोजना गरेकोमा सबैलाई फाइदा पुगेको भन्दै खुसी व्यक्त गरे । 

    १ दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपकेन्द्रका कृष्ण वास्तोला, सचिव विष्णु प्रसाद लामिछाने, वडा सदस्य बलराम पौडेल र सेतीमाया गुरुङले उपचार गर्न आएका वृद्ध वृद्धाहरूका लागि व्यवस्थापन र सहजीकरण गरेका थिए ।आई एन.एफ नेपालको एक दर्जन टोलीले शिविरमा खटिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।