Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा मेलमिलाप सम्बन्धी तालिम

देवदहमा मेलमिलाप सम्बन्धी तालिम

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा मेलमिलाप सम्बन्धी तालिम
    images

    धुर्ब लामिछाने ,देवदह । रुपन्देहीको देवदहमा वडा भित्र हुने विभिन्न सामाजिक विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालन गरिएको मेलमिलाप सम्बन्धी आधारभुत तालिमको समापन भएको छ। देवदह नगरपालिकाको आयोजना तथा सहयोगमा जेठ ६ गते देखि संचालन भएको तालिमको आईतबार समापन भएको हो। 

    images
    images
    images

    समापन कार्यक्रममा बोल्दै कार्यक्रमका न्यायक समितिका संयोजक समेत रहेकी नगर उप–प्रमुख विद्या लक्ष्मी गुरुङले समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्ने बताईन् । 

    images
    images
    images

    १३ प्रकारका उजुरीलाई न्यायिक समितिले मेलमिलापको माध्यमबाट निरुपण गर्ने साथै निःशुल्क उजुरी लिने व्यवस्था रहेको गुरुङले बताइन्। त्यस्तै समुदायबाट आएका मुद्धा, उजुरी लाई मेलमिलाप कर्ताले गर्ने कानुनी व्यवस्था रहेको गुरुङले जनाइन्। 

    images
    images

    कार्यक्रममा नगर प्रवक्त एबम् वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले मेलमिलाप भनेकै संवाद हो, संवाद बाटै समाजका हरेक समस्याको समाधान हुने बताउँदै यस तालिमबाट सहभागिहरुलाई बौद्धिक विकासमा ठूलो सहयोग मिल्ने अठोट व्यक्त गरे। 

    तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा प्रशिक्षित भएका थिए । 

    आठ दिनसम्म सञ्चालन भएको  तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपाने, सिताराम अधिकारी र मित्रलाल लामिछानेले गरेका थिए । तालिममा २७  जना मेलमिलापकर्ता सहभागी रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।