उत्तर प्रदेश । भारतीय राज्य उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो। भारतीय प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology