Logo

२०८३, कार्तिक २८गते


images
images

आइतबार देखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाईंदै

आइतबार देखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाईंदै

images
  • सेतोमसी सहकर्मी
  • आइतबार देखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाईंदै
    images

    काठमाडौं ।  सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

    images
    images
    images

    पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान आज आइतबारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    images
    images
    images

    अभियानमार्फत छुटेका बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।

    images
    images

    अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

    पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र मृत्युसमेत हुन सक्छ ।

    पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई संक्रमित बनाउने गर्छ ।

    नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन ।

    विश्वव्यापी रूपमा यो खोपको अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाएका थिएनन् ।

    त्यस बेला खोप नपाएका बालबालिकामा पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोलियोविरुद्धको खोप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।