Logo

२०८३, श्रावण २७गते


images
images

राजधानी लगायत मुख्य शहरका विद्यालय एक महिना बन्द गर्ने तयारिमा सरकार, असार सम्म संक्रमित छ लाख पुग्ने अनुमान

राजधानी लगायत मुख्य शहरका विद्यालय एक महिना बन्द गर्ने तयारिमा सरकार, असार सम्म संक्रमित छ लाख पुग्ने अनुमान

images
  • राजधानी लगायत मुख्य शहरका विद्यालय एक महिना बन्द गर्ने तयारिमा सरकार, असार सम्म संक्रमित छ लाख पुग्ने अनुमान
    images
    images

    ३१ चैत काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि राजधानी लगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । 

    images
    images
    images

    राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

    images
    images
    images

    मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढदै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । ‘अहिले सङ्क्रमण बढिरहेको अवस्थामा  संक्रमित दैनिक ११ हजार र असारसम्म छ लाख पुग्न सक्ने बताए ।

    images
    images
    images

    WPwQ9GLc.jpgकोरोना संक्रमितको उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम समेत भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए।  

    यसै प्रसंगमा मन्त्री त्रिपाठीले भारतमा सङ्क्रमण ह्वात्तै बढेकाले कोभिड–१९ को खोप आउन ढिलाइ भएको बताए । उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने पनि जानकारी गराएका छन ।

    उता कोरोना भाइरसको दोस्रो लहर भयावह बन्न सक्ने देखिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कक्षा १० र १२ को बोर्ड परीक्षा रद्द गर्न आग्रह गरेका छन् । उनले सेन्ट्रल बोर्ड अफ सेकेन्डरी यजुकेशनलाई परीक्षा रद्द गर्न आग्रह गरेका हुन ।

    kejriwal-8.jpgकेजरीवालले दिल्लीमा बितेको २४ घन्टाभित्र साँढे १३ हजार नयाँ कोरोना भाइरसका संक्रमित थपिएको र ७२ जनाको मृत्यु भएको उल्लेख गर्दै भयावह अवस्था आउनसक्नेतर्फ सतर्क गराएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।