Logo

२०८३, कार्तिक २८गते


images
images

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत असंवैधानिक, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत असंवैधानिक, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत असंवैधानिक, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश
    images

    राजेश पराजुली, पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको हो ।

    images
    images
    images

    सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मतसमेत दिएको भन्दै उनको नियुक्ति लगायतका प्रक्रिया बदर गर्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

    images
    images

    न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार पाण्डेको रिट जारी गरेको हो । सर्वाेच्चको पुर्ण आदेश आउन बाँकी रहेकाले कुन कुन प्रक्रिया बदर भयो भन्ने खुलेको छैन ।

    यद्यपि पाण्डेको मागबमोजिम रिट जारी भएको छ । अब प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नसमेत अदालतले आदेश दिएको छ । यसअघि मंगलबार र बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

    ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।