Logo

२०८३, कार्तिक २८गते


images
images

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

images
  • सेतोमसी सहकर्मी
  • शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन
    images

    काठमाडौं । सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

    images
    images
    images

    सरकारले द्वन्द्वपीडितको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न उक्त रकम विनियोजन गरेको हो । 

    images
    images
    images

    संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताए । 

    images
    images

    ‘द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न १ अर्ब विनियोजन गरेको छु,’ उनले भने । 

    मन्त्री पुनले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शान्ति कोष
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।