Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप तयारी : नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप तयारी : नेपाल आज अमेरिकासँग भिड्दै

images
  • सेतोमसी सहकर्मी
  • विश्वकप तयारी : नेपाल आज अमेरिकासँग भिड्दै
    images
    images

    काठमाडौं । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

    images
    images
    images

    नेपाल र अमेरिकाको खेल साँझ ९ : १५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

    images
    images
    images

    अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।

    images
    images
    images

    यसअघि सोमबार राति अमेरिका डालास मैदानमै टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भएको थियो।

    नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाएका थिए भने दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिएका थिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो।

    क्यानडाविरुद्धको खेलमा नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारेका थिए।

    कस्तो छ विश्वकपको तालिका ?

    अमेरिकासँगको प्रतिस्पर्धापछि नेपालले सिधै विश्वकप खेल्नेछ । विश्वकपको पहिलो खेल डालासकै मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।

    विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।

    २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

    नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप तयारी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।