देवदह । लुम्बिनी बौद्ध विश्वबिद्यालयको डिन कार्यालय देवदहमा चीन नेपाल सँस्कृति, शिक्षा, विज्ञान प्रविधि अनुसन्धान केन्द्र सुभारम्भ गरिएको छ । अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख चोङ्ग क्यू पिङ्ग र लुम्बिनी बौद्ध विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले बिहिबार संयुक्त रुपमा केन्द्रको सुभारम्भ गरे ।
बौद्ध विश्वबिद्यालय संगको समन्वयमा देवदह क्षेत्रमा रहेर शिक्षा, संस्कृति पर्यटन र बिज्ञान प्रविधिमा काम गर्ने गरि केन्द्र सुभारम्भ गरिएको विश्वबिद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले जानकारी गराए ।
केन्द्र सुभारम्भको अवसरमा बोल्दै बिश्वबिद्यालयका उपकुलपति बज्राचार्यले अनुसन्धान केन्द्रले सिपमुलक कार्यक्रम मार्फत स्थानियलाई आर्थिक कृयाकलापमा सरिक गराउने विश्वास ब्यक्त गरे । चीन सरकार र चीनिया नागरिक लुम्बिनी र भगवान गौतमबुद्ध संग निकै प्रभावित भएकाले पनि बुद्धको मावली क्षेत्र देवदह पछि पर्न नहुने उनले बताए ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी प्रमुख पिङ्गले आफ्नो अभियानले चीन र नेपालको साँस्कृतिक आदान प्रदानमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । प्रत्येक बर्ष नेपालमा ४० लाख पर्यटक भित्रिनुपर्ने चीनियाँ नीति बमोजिम ति पर्यटकलाई लुम्बिनी र देवदह क्षेत्र टेकाउन केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । चीनको सिहान नगरको छेन्चो बाणिज्य संघका कार्यकारी प्रमुख समेत रहेका पिङ्गले यस क्षेत्रको व्यापार लगानी र बिभिन्न आर्थिक कृयाकलापमा समेत केन्द्रले भुमिका खेल्ने उल्लेख गरे ।
७ जनाको चिनियाँ टोलीसहित देवदह आएका पिङ्गले आजै लुम्बिनी बिश्वबिद्यालयले सुरु गरेको चाईनिज भाषा शिक्षाको समेत प्रशंसा गरेका छन् । अनुसन्धान केन्द्र सुभारम्भ पछि चाइनिज भाषाका प्रशिक्षक र बिद्यार्थीहरु संग अन्तरक्रिया गर्दै उनले आफुले उत्कृष्ट बिद्यार्थीलाई चीनमा गएर पढ्ने वातावरण निर्माणका लागि सहयोग गर्ने फ्रतिबद्धता ब्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण चाईनिज भाषाका प्रशिक्षक डा. सागर न्यौपानेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology