Logo

२०८३, कार्तिक २८गते


images
images

हावाहुरीले देवदहमा क्षति : विवरण संकलन जारी, विद्युत अवरुद्ध हुँदा कर्मचारीले चासो दिएनन्

हावाहुरीले देवदहमा क्षति : विवरण संकलन जारी, विद्युत अवरुद्ध हुँदा कर्मचारीले चासो दिएनन्

images
  • सेतोमसी सहकर्मी
  • हावाहुरीले देवदहमा क्षति : विवरण संकलन जारी, विद्युत अवरुद्ध हुँदा कर्मचारीले चासो दिएनन्
    images

    देवदह । बिहिबार साँझ हावाहुरीका कारण देवदहका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको देवदह प्रहरीले जनाएको छ । वडागत रुपमा सबै वडाका जनप्रनिधिहरु संगको समन्वय र सहकार्यमा क्षतीको विवरण संकलन भइरहेको देवदह प्रहरी प्रमुख एक्कबहादुर नेपालीले जानकारी दिए । 
    बिहिबार साँझ अकस्मात मौसम परिवर्तन भएको र थोरै समय आएको हावाहुरुका कारण नगरको उत्तरी भेगमा बढि क्षती पगेको नेपालीले बताए । हावाहुरीका कारण वडा नं ५, ६, ७, ९ र १० का जस्ताले छाएका घरगोठमा क्षती पुगेको छ । 

    images
    images
    images

    कतिपय स्थानमा बिद्युतको तार पोलमा क्षती पुगेका कारण बिद्युत समेत अवरुद्ध बनेको छ । अवरुद्ध विद्युत संचालनको लागि प्राधिकरणको सितलनगर कार्यालयले वास्ता नगरेको स्थानियले गुनासो गरेका छन् । उनिहरुले पटक पटक कार्यालयको नम्बरमा सम्पर्क गर्दा फोन नउठ्ने र कर्मचारीलाई फोन गर्दा मोबाईल स्वीच अफ गर्ने गरेको गुनासो गरे । अत्याधिक गर्मीका कारण आक्रोसीत स्थानीयले प्राधिकरणको ढिलासुस्तीका कारण आफुहरुले सास्ती ब्यवहोर्नुपरेको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देवदहवासीले बिहिबार राती आफुले सितलनगर कार्यालयमा फोन गर्दा कर्मचारीबाट निकै गैर जिम्मेवारपूर्ण जवाफ पाएको भनि गुनासो गरेका छन् । उनीहरूमध्ये एक युवा निशान्त पाठक लेख्छन् “आज जति बनाउन सकियो, यति भयो, अरु भोली हेरौंला ।” विद्युत जस्तो संबेदनशित क्षेत्रमा चौबिसैघण्टा कर्मचारी खटाएर काम गर्नुपर्ने भएता पनि यस्तो गैरजिम्मेवारपूर्ण अभिब्यक्ति आउनु दुःखद भएको उनले सञ्जाल मार्फत गुनासो गरेका छन् । 

    images
    images

    बिहिबार दिउसो वडा नं ५ ले गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा पनि बिद्युत सम्बन्धि धेरै गुनासो आएका थिए । उक्त गुनासो सुन्ने बिद्युत कार्यालय सितलनगरका प्रमुख शशि भण्डारीले सुरुमा फोन उठाएर कार्यक्रममा सहभागि हुने बताए पनि पछि कार्यक्रममा नआएको र सम्पर्क गर्दा मोबाइल अफ गरेको वडा अध्यक्ष तथा नगर प्रबक्ता गणेश डुम्रेले बताए । 

    यता नगरको वातावरण तथा विपद ब्यवस्थापन समितिको बिपद पूर्व तयारीको विषयमा समेत सरोकारवालाहरुले गुनासो गरेका छन् । बिहिबार साँझ हावाहुरी आउनासाथ सामाजिक सञ्जालमा सूचना सामग्रि राख्दै नागरिक समाज देवदहका सदस्य बिनोद उदयले जनप्रतिनीधिहरु, राजनीतिक दलहरु र शुरक्षा निकायलाई बिपद ब्यवस्थापनमा तत्काल जुट्न आग्रह गरेका छन् ।

    नगरको वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक खेमबहादुर थापाले क्षतीको विवरण रातीबाटै आएको भएपनि शुक्रबार बिहानैबाट प्रभावित क्षेत्रहरुको अवलोकन र विवरण संकलन कार्य भइरहेको बताए । थापाले छोटो समयमा आएको हावाहुरीले समेत ठुलो क्षती पुर्याएकाले अव विपद ब्यवस्थापनको लागि नगरपालिका थप चनाखो हुनुपर्ने आफुलाई समेत लागेको बताए । उनले शुक्रबार दिउसो समितिको बैठक बसेर तत्काल राहतको घोषणा गर्ने र आगामी दिनमा बर्षात र हावाहुरीलाई मध्यनजर गर्दै विपद पूर्व तयारीका लागि थप योजना बनाउने जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।