देवदह । देवदहमा गर्मी बढेपछि संस्थागत विद्यालयमा विदा गरिएको छ । शुक्रवार एक सूचना जारी गर्दै रुपन्देहीको देवदहमा सन्चालित पुर्वी क्षेत्र निजी विद्यालय एशोसियन (इप्सा) ले आफ्नो संस्थामा आवद्ध सम्पुर्ण विद्यालयमा जेठ २०, २१ र २२ गते तीन दिन विदा दिइएको जनाएको छ ।
इप्साका अध्यक्ष रामबहादुर गुरुङ र सचिव विनोद थापा मगरद्वारा जारी सूचनामा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै तीन दिन विदा दिएको जनाइएको छ ।
मौसम परिवर्तन नभई प्रतिकुल भैरहेको अवस्थामा विदा थप गरिने सूचनामा जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology