Logo

२०८३, आश्विन १०गते


images
images

प्रदेशस्तरीय परम्परागत तारा खेल : फाइनलस्पर्धामा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन

प्रदेशस्तरीय परम्परागत तारा खेल : फाइनलस्पर्धामा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन

images
  • सेतोमसी सहकर्मी
  • प्रदेशस्तरीय परम्परागत तारा खेल : फाइनलस्पर्धामा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन
    images
    images

    राजेश पराजुली, पोखरा  । गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ ।

    images
    images
    images

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अंकले  अग्रता लिदैं च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो ।

    images
    images
    images

    निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो ।

    images
    images
    images

    च्याम्पियन भएको म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

    प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु ५ हजार विशिस्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु ३ हजार प्राप्त गरे ।

    प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका सदस्य योगेन्द्र शेरचनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्नेहरु प्रति आभार व्यक्त गर्दै चौथो सस्करणका लागि जुट्न सबैलाई आग्रह गरे ।

    प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६ जिल्लाका ४२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परम्परागत तारा खेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।