Logo

२०८३, आश्विन ९गते


images
images

काेभिड संक्रमणसँगै टाईफाईडका राेगि बढे, स्वस्थ खाना र पानी उमालेर पिउन चिकित्सकाे सुझाव 

काेभिड संक्रमणसँगै टाईफाईडका राेगि बढे, स्वस्थ खाना र पानी उमालेर पिउन चिकित्सकाे सुझाव 

images
  • सेतोमसी सहकर्मी
  • काेभिड संक्रमणसँगै टाईफाईडका राेगि बढे, स्वस्थ खाना र पानी उमालेर पिउन चिकित्सकाे सुझाव 
    images
    images

    कृष्ण अन्जान, रुरुक्षेत्र । काेभिड सँक्रमण सँगै रुरुक्षेत्र गाउँपालिका भित्र टाईफाइडका बिरामी बढेकाे पाईएकाे छ । रुरु प्राथमिक स्वास्थ केन्द्रमा दैनिक चार देखि पाँच जना सम्म टाईफाइडका बिरामी अाउने गरेकाे डाक्टर विकास पन्थिले जानकरी दिनु भयाे । 

    images
    images
    images

    मुख्यतया टाईफाडका राेगिहरुकाे दिसा पिउने पानीमा मिसिएपछि याे राेग सर्ने गरेकाे पाईएकाे छ भने हाेटलमा बाहिर खुल्ला रुपमा राख्ने गरेकाे अस्वस्थ खानेकुरा र खराब पानीबाट याे राेग लाग्ने गरेकाे रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थीले बताउनु भयाे । 

    images
    images
    images

    वर्षायामकाे पानी दुषित हुने हुँदा  नउमाली र निर्मली करण नगरीकन पिउँदा उच्च ज्वराे टाईफाइडकाे सँक्रमणकाे डर हुने डाक्टर पन्थीको भनाई छ । पछिल्लो समयमा टाईफाईडका कारण पखाला लागेका बिरामीहरुपनि बढिरहेको पाईएकाे छ । 

    images
    images
    images

    के हाे टाईफाईड ? 

    टाईफाडड ज्वराे लाई enteric fever  पानी भनिन्छ । टाईफाईड ग्रिक  भाषाकाे टाईफस  शब्द बाट आएकाे हाे । यसकाे अर्थ हुन्छ mental clouding हाे र यस्काे आशय मानिसले साेँच्न सक्ने क्षमतामा ह्रास आउनु अथवा कमजोरी आउनु हाे । 

    पहिला पहिला ज्वराे आएकाे ३-४ हप्तामा टाईफाइडका कारण मानसिक समस्या आउने गर्थ्याे तर एन्टिबायोटिककाे उपलब्धताले त्यस्ताे अवस्था आजभाेली बिरामीलाई देखा नपरेकाे चिकित्सकहरुकाे  भनाई छ । यहि टाईफाइडलाई परम्परागत रुपमा 'कुखत' परेकाे भन्ने चलन छ । 

    यसलाई enteric fever भन्नुकाे कारण enteric अथवा intestine आन्द्रामा यस्काे ब्याक्टेरियाले शुरुमा आक्रमण गर्ने हुनाले यसाे भनिएकाे हाे । 

    टाईफाईड बनाउने ब्याक्टेरिया २ प्रकारका हुन्छन ।ती हिन salmonella typhoid र salmonella  paratyphi यी ब्याक्टेरिया टाईफाईड सँक्रमित बिरामीकाे दिशाबाट पानीमा मिसिएर त्याे पानी हामीले सेवन गर्याैँ भने टाईफाईड सर्ने डाक्टर विकास पन्थीकाे भनाई छ । 

    टाईफाईडका लक्षण के हुन ? 

    मुख्य लक्षणमा ज्वराे दिन प्रतिदिन बढ्दै जान्छ र यसलाई स्टेप लेडर फिभर भनिन्छ । याे विशेष गरि आन्द्राकाे infection भएकाे कारणले पेट दुख्ने, ढुस्स हुने, खान मिठा नहुने, कब्जियत हुने टाईफाइडका लक्षण हुन । 

    ज्वराे लामाे समय आईरह्याे भने र एन्टिबायोटिक पर्याप्त मात्रामा पुगेन भने ब्याक्टेरियाले मस्तिष्कमा सँक्रमण गरेर meningitis  पनि हुन सक्ने र आन्द्रामा प्वाल पर्न सक्छ र बिरामीकाे ज्यान पनि जान सक्छ । 

    टाईफाईडकाे पहिचान भई सकेपछि एन्टिबायोटिक पाँच देखि सात दिन खानु पर्ने हुन्छ ।बिरामीलाई चिल्लाे पिराे अमिलाे माछा मासु खान दिनु हुँदैन । मुख्यतया दालकाे झाेल जाउलाे लगाएतका खानेकुरा र सफा स्वच्छ र निर्मलीकृत पानी पिउन दिनु पर्छ । 

    याे वर्षाकाे मौसम हुनाले पानी अत्यधिक प्रदुषित छ । खाेल्सा खाल्सीकाे पानी साेझैँ पँधेरामा मिसिनुका साथै त्यहि पानी बिना निर्मलीकरण नगरी साेझै पानी टंकीबाट घरका धारामा खस्छ । र यस्ताे पानीमा मान्छेकाे मलमुत्रमा पाईने फिकल काेलिफम पनि अत्यधिक हुने हुँदा यस्ताे पानी साेझै नखाई उमालेर खाने हाे भने सँक्रामक राेगबाट वचन सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # टाईफाईड
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।