Logo

२०८३, कार्तिक २८गते


images
images

बुटवलमा महिलाहरुका लागि कानुनी साक्षरता तालिम

बुटवलमा महिलाहरुका लागि कानुनी साक्षरता तालिम

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा महिलाहरुका लागि कानुनी साक्षरता तालिम
    images

    बुटवल । बुटवलमा अल्पसंख्यक, दलित, मुस्लिम र पिछडा वर्गका महिलाहरुका लागि कानुनी साक्षरता तालिम सम्पन्न भएको छ । लुम्बिनी कानुनी अनुसन्धान केन्द्रको आयोजना तथा बुटवल उपमहानगरपालीकाको सहयोगमा ३ दिने तालिम सम्पन्न भएको हो ।

    images
    images
    images

    तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमका  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले राज्यको पहुंचबाट टाढा रहेका नागरिकहरुको सशक्तिकरणका लागि अहिले सरकारका तिनै तहले विभिन्न शिर्षकमा बजेट विनियेजन गरि कार्यक्रम गरिरहेकोले सहभागी हुन नागरिकहरुलाई आग्रह गरे । 

    images
    images
    images

    पाण्डेयले अधिकार मागेर पाईदैन खोसेर लिनु पर्छ भन्दै आफनो अधिकार प्राप्तिका लागि स्वयम लक्षित वर्ग र समुदायका व्यक्तिहरु संगठित भै सरकार र सरोकारवाला निकायलाई निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिदै संविद्यानले दिएको अधिकार प्रयोग र राज्यका हरेक तहमा आफनो समुदायको पहुंच पु¥र्याउनका निम्ती सबैले पहल गर्नुपर्ने बताए ।

    images
    images

    कार्यक्रममा बुटवल उपमहानगरपालिका समाज कल्याण तथा आर्थिक महाशाखा अन्तर्गत सामाजिक   परिचालन, संघसस्था तथा अन्तर सरकार समन्वय शाखा प्रमुख उपनिर्देशक दामोदर ज्ञवाली, उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य पुष्पराज ढकाल, बुटवल उपमहानगरपालिकाका कार्यपालीका सदस्यहरु यम बहादुर सुनार बसन्ती बिक, सुनिता खड्लुक, सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

    ३ दिने तालिममा बुटवल उपमहानगरपालिका कार्यपालीका सदस्य तथा १९ वटै वडाका दलित महिला सदस्यहरु,अल्पसंख्यक ,दलित, मुस्लिम र पिछडा वर्गका ५० जना महिलाहरुको सहभागिता रहेको थियो भने कानुनी साक्षरता अन्तरगत विभिन्न शिर्षकमा अधिबक्ताहरुद्धारा सहजीकरण गरिएको थियो ।

    कार्यक्रम संस्थाका अध्यक्ष अधिबक्ता मदन कुमार पुनको अध्यक्षता, उपाध्यक्ष अधिबक्ता दामोदर घिमिरेको स्वागत तथा सचिब अधिबक्ता अनुप पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कानुनी साक्षरता तालिम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।