Logo

२०८३, आश्विन १०गते


images
images

आजबाट अमेरिकामा टि–२० विश्वकप सुरु, उद्घाटन खेल आयोजक अमेरिका र क्यानडा बिच जारी

आजबाट अमेरिकामा टि–२० विश्वकप सुरु, उद्घाटन खेल आयोजक अमेरिका र क्यानडा बिच जारी

images
  • सेतोमसी सहकर्मी
  • आजबाट अमेरिकामा टि–२० विश्वकप सुरु, उद्घाटन खेल आयोजक अमेरिका र क्यानडा बिच जारी
    images
    images

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ आजबाट अमेरिकामा सुरु भएकाको छ । उद्घाटन खेलमा अहिले क्यानडाले अमेरिकालाई १ सय ९५ रटको लक्ष्य प्रस्तुत गरेको छ । नेपाली समय अनुसार आईतबार बिहान ६ः १५ बजे सुरु भएको खेलमा क्यानडाले ५ विकेटको क्षतिमा उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

    images
    images
    images

    सो लक्ष्य प्रस्तुत गर्ने क्रममा क्यानडाका धालीवालले ६१ रन, कर्टनले ५१ तथा जोनसनले २३ रनको योगदान गरे । अमेरिकाका अलि खान, हरमित र एंडरसनले एक एक विकेट लिए । क्यानडाका दुई ब्याट्सम्यान रन आउट भएका थिए । डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यु गरेका हुन् ।

    images
    images
    images

    अमेरिका आयोजक हुँदा सीधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो । यसै साता अमेरिकाले ह्युस्टनमा बंगलादेश विरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो । अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् ।

    images
    images
    images

    जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ । यता क्यानडा आरोन जोनसन, निकोलस किर्टोन र रविन्द्रपाल सिंह प्रमुख तीन ब्याटर हुन् । स्पिनर साद बिन जाफर, तीव्र गतिका बलर कलिम साना डिलोन हेलिगर प्रमुख बलर हुन् । पछिल्लो समयको प्रदर्शनले क्यानडाको मनोबल उच्च छ ।

    नेपालले भने मंगलबार नेदरल्याण्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । यस्तै समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् ।

    समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान र युगाण्डा छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप सुरु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।