Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप

विश्वकप उद्घाटन खेलमा आयोजक अमेरिका विजयी

विश्वकप उद्घाटन खेलमा आयोजक अमेरिका विजयी

images
  • सेतोमसी सहकर्मी
  • विश्वकप उद्घाटन खेलमा आयोजक अमेरिका विजयी
    images
    images

    देवदह । आईसीसी टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । अमेरिका स्थित डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा सम्पन्न पहिलो खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै अमेरिकाले विजयी सुरुवात गरेको हो ।

    images
    images
    images

    जितको लागि अमेरिकाका  टस जितेर पहिला बलिङ्ग रोजेको अमेरिकाले क्यानडालाई २० ओभरमा १ सय ९४ रनमा समेटेको थियो । १ सय ९५ रनको लक्ष्य सहित क्रिजमा उत्रिएको अमेरिकाले १४ बल बाँकी छँदै लक्ष्य भेटाएको हो । अमेरिकाको जितमा एरन जोंस ले नटआउट ९४ रनको योगदान गरे, यसैगरी टिमको लागि गौंसले ६५ र मोनांकले १६ रनको योगदान गरे । क्यानडाका हेलिंगर, कलीम र दत्ताले एक एक विकेट लिएपति जितको लागि प्रयाप्त भएन ।

    images
    images
    images

      यस अघि अमेरिकालाई लक्ष्य प्रस्तुत गर्ने क्रममा क्यानडाका  धालीवालले ६१ रन, कर्टनले ५१ तथा जोनसनले २३ रनको योगदान गरेका थिए । अमेरिकाका  अलि खान, हरमित र एंडरसनले एक एक विकेट लिए । क्यानडाका दुई ब्याट्सम्यान रन आउट भएका थिए । आजको उद्घाटन खेलमा क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका थिए ।

    images
    images
    images

    दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सीधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो । जारी विश्वकपमा नेपालले भने मंगलबार नेदरल्याण्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

    समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । यस्तै समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् ।  समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

    हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।