Logo

२०८३, आश्विन १०गते


images
images

महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

images
  • सेतोमसी सहकर्मी
  • महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने
    images
    images

    काठमाडौं । आगामी अक्टोबरमा हुने महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपालले पाएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने जानकारी दिएको हो।

    images
    images
    images

    सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मेवारी दिएको हो। १७ अक्टोबरदेखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफले जनाएको छ।

    images
    images
    images

    प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ। २०२२ मा भएको पछिल्लो संस्करण नेपालले नै आयोजना गरेको थियो।

    images
    images
    images

    सो संस्करणमा नेपाल फाइनलमा बंगलादेशविरुद्ध पराजित भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।