Logo

२०८३, कार्तिक २८गते


images
images

भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद

भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद

images
  • सेतोमसी सहकर्मी
  • भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद
    images

    रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा  शव फेला परेको हो । 

    images
    images
    images

    घटना प्रकृति अनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारीको नाम ठेगाना बताइएको छ। 

    images
    images
    images

    शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन्। मृतकको शवको केही पर सिजे ०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। 

    images
    images

    उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको हो वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालेको हो भन्ने खुल्न सकेको छैन। हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय नागरिक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।