Logo

२०८३, आश्विन १०गते


images
images

काठमाडौंमा जारी भलिबल लिगमा गण्डकीले हेल्प नेपाललाई हरायो

काठमाडौंमा जारी भलिबल लिगमा गण्डकीले हेल्प नेपाललाई हरायो

images
  • सेतोमसी सहकर्मी
  • काठमाडौंमा जारी भलिबल लिगमा गण्डकीले हेल्प नेपाललाई हरायो
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाललाई हराएको छ । गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको हो।

    images
    images
    images

    गण्डकीले २७–२५,२१–२५,२८–३०,२५–२१,१५–९ ले हराएको हो । गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच हुन सफल भए ।

    images
    images
    images

    त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा जित दर्ता गरेको छ । यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । पुलिसको ५ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको आर्मीको खेलबाट १२ अंक छ ।

    images
    images
    images

    पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । कोशीको भने यो लगातार पाँचौं हार हो ।

    महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनल पुगेको छ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।

    सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल लिग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।