देवदह । देवदहका छुट्टा छुट्टै स्थानबाट प्रहरी चौकी देवदहले दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह १० बस्ने ३८ वर्षीय सुरेश दमै र देवदह–५ का ५७ वर्षीय नवीन थापा रहेका छन् ।
जस मध्ये थापा लागू औषध गाँजा, चरेस मुद्दामा नवलपरासी जिल्ला अदालतबाट २०६२ असार १२ गतेको आदेशबाट २ बर्ष कैद र रु १५ हजार रुपैयाँ जरिवाना तोकिए फरार प्रतिबादी हुन् ।
अदालतले आदेश दिएको १९ वर्षपछि उनलाई प्रहरी चौकी देवदहको गस्ती टोलीले बुधवार पक्राउ गरेको प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जनाए ।
यसैगरी देवदह न.पा.–१० निवासी दमै जबरजस्ती करणी मुद्दामा २०७६ माघ २३ गते जिल्ला अदालत रूपन्देहीबाट ३ वर्ष ६ महिना २० दिन कैद फैसला भई फरार प्रतिबादी हुन् ।
उनिहरुलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक नेपालीले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology