Logo

२०८३, आश्विन ९गते


images
images

जिम्मेवार जनप्रतिनिधि : जो कोभिड नियन्त्रण र स्थानीय विकासका निम्ति अहोरात्र खट्छन् 

जिम्मेवार जनप्रतिनिधि : जो कोभिड नियन्त्रण र स्थानीय विकासका निम्ति अहोरात्र खट्छन् 

images
  • सेतोमसी सहकर्मी
  • जिम्मेवार जनप्रतिनिधि : जो कोभिड नियन्त्रण र स्थानीय विकासका निम्ति अहोरात्र खट्छन् 
    images
    images

    कृष्ण अन्जान, रुरुक्षेत्र । काेभिडकाे संक्रमणकाे भयावहता बढ्दै गर्दा जनप्रतिनिधिहरुमा झनै दायित्व बाेध बढेकाे छ । 

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल विश्वकर्मा यतिबेला कसरी वडावासि आम नागरिकलाईका निम्ती संक्रमणबाट बचाउन सकिन्छ भन्नेमा चिन्तित देखिनु हुन्छ । आम नागरिकका समस्या हरुमा एकाकार हुँदै वडाध्यक्ष विक चौविसै  घण्टा वडा वासिकाे निरन्तर सम्पर्कमा हुनुहुन्छ । 

    images
    images
    images

    "मुख्यतया: हामिले काेभिड संक्रमणबाट वडावासिलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित गरेका छौँ । वडाकाे भट्कुवा च्यूरेक रिडी क्षेत्रका जनसमुदायसंग निरन्तर सम्पर्कमा रहँदै काेभिड सँक्रमण भएका क्षेत्रमा एन्टिजेन परिक्षणकाे व्यवस्था मिलाउने काम गरेका छौँ" अध्यक्ष विकले भन्नुभयाे । 

    images
    images
    images

    रुरु प्राथमिक स्वास्थ केन्द्रमा दैनिक काेभिड परिक्षण कार्य भईरहेकाे र यसका लागि आवस्यक एन्टिजेन कीटसंगै आईसाेलेसनका सेन्टरका लागि अक्सिजनकाे व्यवस्थापन गर्न आफुले अभियान चलाएकाे अध्यक्ष विककाे भनाई छ । 

    जिल्लाकै प्रवेशद्वारमा रहेकाे रिडीबजार र काेभिडकाे जाेखिमकाे संभावनालाई मध्यनजर गर्दै लकडाउनलाई पुर्ण पालना गर्न आफ्नाे तर्फबाट बजार अनुगमन सँगै लकडाउन उल्लघन नगर्न आवस्यक सुझाव समेत दिएकाे र स्वास्थ मापदण्ड अपानाउन आफ्नाे तर्फबाट सबैलाई बारम्बार आह्वान गरेकाे बताउनु भयाे । 

    रुरुक्षेत्रमा भईरहेका विकास आयाेजना तिनमुखे पुल, तटबन्ध लगायत अन्य साना ठुला विकास आयाेजनामा जनप्रतिनिधिकाे हैसियतबाट अनुगमन रेखदेख गरेकाे बताउनु भयाे ।
    हाम्राे अभियान रुरुधामलाई विश्वकै उत्कृष्ट र नमुना क्षेत्र बनाउनुका साथै धार्मिक पर्यटनकाे विकासका लागि विभिन्न निकाएकाे समन्वयमा गरेर ऋषिकेश मठ गल्फुल गुफा लगएतकाे समुचित विकास र सुविधा सम्पन्न रुरुघाटकाे विकास लाई प्राथमिकतामा राखेर काम भइरहेकाे अध्यक्ष रामलाल विकले बताउनु भयाे । 

    हाम्रो मुख्य लक्ष रिडीबजारलाई खेलकुदकाे हव बनाउने हाे र त्यसै अनुरुप रुरुखेल मैदानकाे व्यवस्थापन  र स्तरिकरण शुरु भईसकेकाे र सुविधा सम्पन्न कभर्डहलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे अध्यक्ष विकले बताउनु भयाे । 

    रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष समेत रहनु भएका वडाध्यक्ष विकले खेलकुदका क्षेत्रमा रुरुफ्रेन्ड्स क्लवले विशेष महत्त्वका साथ आफ्ना गतिविधि सन्चालन गरिरहेकाे बताउनु भयाे । 

    रुरुक्षेत्रकाे फाेहर व्यवस्थापन र स्वस्थ्य सफा रुरुक्षेत्रकाे अभियानका लागि रिडी बजारका छाडा गाई गाेरुका लागि सुविधा सम्पन्न गौशाला सन्चालनमा आएकाे र फाेहर व्यवस्थापनका लागि डम्पिङ साईट निर्माणकाे प्रकृया शुरु भएकाे अध्यक्ष विकले जानकारी दिनु भयाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।