गजल : निर्माण अगावै उद्घाटन गर्दा..
निर्माण अगावै उद्घाटन गर्दा हुन्छ विकास
चन्दादातालाई ठेक्का पार्दा हुन्छ बिकास।
रेल चलेकै हो पानी जहाज पनि चल्दैछ
सिंहदरबारमा सिनो झर्दा हुन्छ विकास ।
रोस्टममा रास्ट्रवाद पस्किउ खल्तीवाद निफन
आँखा अगाडी सिमा सर्दा हुन्छ विकास ।
रोजगारको नारा देउ स्वरोजगारको भजन गाउँ
खाडी मुलुकमा छोरो मर्दा हुन्छ विकास ।
यस्तै छ! दल जित्छन नेता पनि जित्छन
नेपालीको स्वाभिमान हार्दा हुन्छ विकास ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology