Logo

२०८३, श्रावण ३०गते


images
images

गजल : साहेब ! महल छोड्नु  पर्छ

गजल : साहेब ! महल छोड्नु  पर्छ

images
  • सेतोमसी सहकर्मी
  • गजल : साहेब ! महल छोड्नु  पर्छ
    images
    images

    गजल : साहेब ! महल छोड्नु  पर्छ 

    images
    images
    images

    साहेब ! महल छोड्नु  पर्छ,  दुःख -जिलो भेटिन्छ, 
    किसानको पेट जाँच्नु पर्छ, भोकको सिलो भेटिन्छ । 

    images
    images
    images

    गुनासो छैन ! भाग्य जस्तै तिमी पनि ढिलो भेटियौ ,
    ढिला सुस्तीको देशमा छु, सब थोक ढिलो भेटिन्छ । 

    images
    images
    images

    नजा दुख्न सधैं भनिरहन्छु, दुख्छ दुखाउँछ जहिले ,
    घाइते फर्किन्छ मुटु, बाटोमा माया धारिलो भेटिन्छ । 

    मलाई पनि  दुःख छ !  हजुरलाई  फोहोर लागेकोमा, 
    जान्नु पर्ने थियो, कमल फुलेको ठाउँमा हिलो भेटिन्छ । 

    बिमारी दिएको छ, भन्दै थियो जीवन दिन आएको हुँ , 
    उसले छोएर गए देखि यो छाती सधैँ रापिलो भेटिन्छ । 

    नमिता दवाडी
    गोर्खा:  नेपाल 
    हाल : न्युजिल्यान्ड

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नमिता दवाडी
  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।