Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरूले बिदाई गरेका हुन् ।

    images
    images
    images

    उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

    नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।