देवदह । रूपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल सर्वसम्मत र बाल क्लब मतदान प्रक्रियाद्वारा गठन गरिएको छ।
युवा रेड क्रस सर्कलमा आर्जन खत्रीको अध्यक्षतामा समिति गठन भएको छ। जसको उपाध्यक्षमा नयन थापा, सचिवमा कृतिका तिवारी, सहसचिवमा रिया गलामी र कोषाध्यक्षमा जेनित किस्मत ढुङ्गाना सहित ११ सदस्य कमिटी गठन गरिएको छ भने शिक्षक नायकमा शिक्षक कृष्णप्रसाद पन्थी मनोनित भएका छन ।
त्यसैगरी बाल क्लबको भने मतदान प्रक्रियाद्वारा चुनिएको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदको लागि दोहोरो उम्मेदवारी परेको हुनाले मतदान प्रक्रियामा जानुपरेको प्रमुख निर्वाचन आयुक्त समेत रहेका विद्यालयका प्राचार्य चुराबहादुर थापाले जानकारी दिए ।
चुनावी मैदानमा अध्यक्ष पदको लागि विश्वास अधिकारी र निकिता कुँवर, उपाध्यक्षमा आयुषमान अधिकारी र समीप ढकाल, सचिवमा कुसुम राना र समीक्षा गुरुङ, सहसचिवमा सरुन सेन्चुरी र आयुष जंग कुँवर र कोषाध्यक्षको लागि प्रियन्सु थापा र सिलु पुनको उम्मेदवारी परेको थियो ।
कुल मतदाताको ९६.५ प्रतिशत मत खसेको, मतदानमा शत प्रतिशत मत सदर भएको र मतगणना अनुसार अध्यक्षका प्रत्यासी विश्वास अधिकारीले आफ्नो प्रतिस्पर्धी निकिता कुँवरलाई ५२ मतले पछि पार्दै विजयी भएको विद्यालयले जनाएको छ ।
उपाध्यक्षका प्रत्यासी आयुष्मान अधिकारीले आफ्नो प्रतिस्पर्धी समिक ढकाललाई १८ मतले पछि पार्दै विजयी भएका छन । त्यस्तै सचिवका प्रत्याशी कुसुम रानाले आफ्नो प्रतिस्पर्धी समीक्षा गुरुङलाई ५ मतले पछि पार्दै विजयी भए । सहसचिवका प्रत्यासी सरुन सेन्चुरीले आफ्नो प्रतिस्पर्धी आयुष जंग कुँवरलाई १० मतले पछि पार्दै विजयी भए भने कोषाध्यक्ष पदका प्रत्यासी सिलु पुनले आफ्ना प्रतिस्पर्धी प्रियन्सु थापालाई ४१ मतले पछि पार्दै विजयी भए ।
यसरी पाँच पदको मतदानद्वारा टुङ्गो लगाइएको थियो भने अरु सदस्यहरू सर्वसम्मत गरी १३ सदस्यीय कमिटी गठन गरिएको छ । शिक्षक नायकमा हेमराज चालिसेलाई मनोनित गरिएको छ।
मतदानमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology