Logo

२०८३, श्रावण ३०गते


images
images

अतिरिक्त क्रियाकलापले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ : काफ्ले

अतिरिक्त क्रियाकलापले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ : काफ्ले

images
  • सेतोमसी सहकर्मी
  • अतिरिक्त क्रियाकलापले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ : काफ्ले
    images
    images

    देवदह । प्याब्सन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

    images
    images
    images

    शिक्षण सिकाइमा पाठ्यक्रम जत्तिकै भूमिका अतिरिक्त क्रियाकलापको हुने भन्दै उनले हरेक विद्यालयले यसलाई पालना गर्नुपर्ने बताए । 

    images
    images
    images

    प्याब्सन देवदहले नयाँ शैक्षिक सत्रको पहिलो कार्यक्रम अन्तर्गत आयोजना गरेको निबन्ध लेखन, हस्तलेखन तथा हाजिरी जवाफ प्रतियोगिताको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालयमा हुने खेलकुद, कला र संगीत जस्ता गतिविधिहरूले विद्यार्थीको शारीरिक, मानसिक, र सामाजिक विकासमा मद्दत पुर्‍याउने बताए ।

    images
    images
    images

     प्रतियोगिता अन्तर्गत आज सम्पन्न प्रावि तहको हाजिरी जवाफ प्रतियोगितामा बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय प्रथम, ग्रीन प्लान्ट इङ्गलिस बोर्डिङ स्कुल द्वितीय र सेभेन स्टार इङ्गलिस बोर्डिङ स्कुल तृतीय र देवदह मदरटङ्स एकेडेमीले सान्त्वना स्थान हासिल गरेका छन् ।

     त्यस्तै प्रावि तर्फको हस्तलेखन प्रतियोगितामा सेभेन स्टारका छात्रा झरना मास्की प्रथम, ग्रीन प्लान्टका सरिश्मा चौधरी द्वितीय, मदरटङ्सका अनुष्का पराजुली तृतीय र बुद्ध पब्लिकका अनुष्का खनालले सान्त्वना स्थान हासिल गरे । यसैगरी “नेपालको विकासमा पर्यटन उद्योगको भूमिका“ विषयको मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा मदरल्यान्ड एकेडेमीका प्रेरणा न्यौपाने प्रथम, बुद्ध पब्लिकका आर्यन पाण्डे द्वितीय, मदरटङ्सका सुजिन गुरुङ तृतीय र सेभेन स्टारका आकृति चौधरी सान्त्वना भएका छन् ।

     कार्यक्रम अन्तर्गत “शिक्षामा प्रविधिको भूमिका“ बिषयक प्रावि तर्फको निबन्ध लेखन प्रतियोगितामा बुद्ध पब्लिकका अनुष्का भण्डारी प्रथम, नारायणी पब्लिक स्कूलका विनोद यादव द्वितीय, मदरल्यान्डका सुप्रिया पन्थी तृतीय र मदरटङ्सका देवी आलेले सान्त्वना स्थान हासिल गरेका छन् । 

    देवदह मदरटङ्स एकेडेमीमा आयोजित कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता र सचिव कृष्ण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।