देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा भएको सिर्जनात्मक सिपको अभिवृद्धि गर्ने उद्देश्यका साथ रक्षाबन्धनको अवसरमा आइतबार ''गरेर सिक' भन्ने नारा सहित राखी निर्माण प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ४ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा सलिना सारू प्रथम, साधना विर्कटा द्वितीय, आभास रेग्मी तृतीय र सुदिक्षा श्रेष्ठले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक सृष्टि बराल जानकारी दिइन् ।
विद्यालयका प्राचार्य कमल पौडेलले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनात्मक तथा रचनात्मक क्षमताको प्रवर्द्धन गर्नुका साथै उनीहरूको सिप विकासमा समेत ठूलो टेवा पुगेको र यसले उनीहरूलाई थप सिर्जनात्मक कार्यमा अगाडि बढ्न उत्साहित गरेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology