देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ ।
तीन तहमा सन्चालन भएको प्रतियोगितामा कक्षा १-३ मा आयान थापा, कौशल कनौजे, एन्जल भट्टराई, प्रियंका चापागाईको समुह प्रथम र प्रान्जल भट्टराई, भिजन रसाईली, लक्ष्मी नेपाली, निश्चल प्रधानको समुह द्धितीय भएका छन् ।
त्यसैगरी कक्षा ४-७ बाट आँचल काफ्ले, उत्तम रेग्मी, मनिला पौडेल, ज्योति भुसालको समुह प्रथम र प्रदिप थापा, दिपसन सापकोटा, विवेक शर्मा, अञ्जु आलेको समुह द्धितीय भएका छन् । कक्षा ८-१० मा योगिता बस्याल, कृष्ण न्यौपाने, बविता भुसालको समुह प्रथम र झरना सुवेदी, अनुज अधिकारी, सरिता न्यौपानेको समुह द्वितीय भएको विद्यालयका सूचना अधिकारी चन्द्रकान्त अर्यालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल, शिक्षकहरू मन्दिरा तिमिल्सीना, दिननाथ शर्मा, छविलाल खरेल, भिम बहादुर खत्री, रेखा थापा लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology