Logo

२०८३, श्रावण ३०गते


images
images

हाजिरीजवाफ प्रतियोगिता

दोस्रो निशा स्मृति रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगिताको उपाधि न्यू होराइजन ‘बी’ लाई

दोस्रो निशा स्मृति रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगिताको उपाधि न्यू होराइजन ‘बी’ लाई

images
  • दोस्रो निशा स्मृति रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगिताको उपाधि न्यू होराइजन ‘बी’ लाई
    images
    images

    देवदह । दोस्रो जिल्ला स्तरीय स्वर्गीय निशा स्मृति रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगितामा न्यू होराइजन ‘बी’ ले प्रथम स्थान हासिल गरेको छ । 

    images
    images
    images

    रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा देवदह इङ्लिस बोर्डिङ हाई स्कूलमा सम्पन्न प्रतियोगितामा सेभेन स्टार इङ्लिस बोर्डिङ द्धितिय र न्यू होराइजन ‘ए’ ले तृतिय स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैंया सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पहिलो चरणमा २३ वटा विद्यालयका ६९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । पहिलो लिखित चरण पार गर्दै दोस्रो चरणमा ८ वटा विद्यालय छनौट भएको क्लवका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रविण गौंडेलले जानकारी दिए । 

    images
    images
    images

    हाजिरीजवाफमा समसामयिक, राजनीतिक, राष्ट्रिय, अन्तरास्ट्रिय, सूचना प्रविधी, भुगोल साहित्य, धर्म सँस्कृति लगायत क्षेत्रलाई समेटेर प्रश्न सोधिएको थियो । प्रतियोगितामा गाउँखाने कथा, रेपिड राउण्ड र रोटरी, रोट्रयाक्ट सम्बन्धी प्रश्नहरु पनि समावेश थिए । 

    रुपन्देहीका विद्यालय बिच सद्भाव, सामिप्यता र आत्मियता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्लवका अध्यक्ष डा. बिजय अंगाइले जानकारी दिए । 

    कार्यक्रममा बोल्दै रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानका इलेक्ट प्रेसिडेन्ट प्रकाश शर्माले अतिरिक्त क्रियाकलापले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने बताए ।

    गतवर्ष समेत उत्साहजनक रुपमा सम्पन्न भएको यो प्रतियोगितालाई क्लवले सिग्नेचर कार्यक्रमको रुपमा अघि बढाइरहेको छ ।

    क्लवकी सक्रिय सदस्य निशा चापागाईंको २०७५ असार २३ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । निशाको स्मरणमा क्लवले निशा स्मृति कोष स्थापना गरेर गतवर्षबाट नियमित रुपमा प्रतियोगिता गर्दै आएको छ । 

    क्लवका पूर्व अध्यक्ष कमल थापाको स्वागत र सचिव किसान थापाको सञ्चालनमा भएको प्रतियोगितामा हाजिरीजवाफ सेसनको सञ्चाल क्लवका पूर्व अध्यक्ष सुनिल गिरीले गरेका थिए ।   

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।