देवदह । फिनिक्स एजुकेशनल नेटवर्कले देवदहमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबार देवदहका ११ वटा विद्यालयका कक्षा १० मा अध्ययनरत ६५ जना विद्यार्थीको बीचमा गरिएको प्रतियोगितामा २७ अंकसहित ग्रीन प्लान्टका आर्यन धमला प्रथम भएका हुन् ।
प्रतियोगितामा २६ अंकसहित जनता माध्यमिक विद्यालयका सुभम पाण्डे दोस्रो भए भने २५ अंकसहित ग्रीन प्लान्टकै विप्सन क्षेत्री तेस्रो भए । त्यसैगरी २४ अंकसहित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका आर्यन पाण्डे चौथों र २२ अंकसहित सुजल बश्याल पाँचौं भए ।
हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै संस्थाका अध्यक्ष मीनप्रसाद भट्टराईले कक्षा १० मा अध्ययनरत विद्यार्थीको माध्यमिक शिक्षा परिक्षा (एसइई) को तयारीमा सहयोग पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक महेश गौतम, कोर्डिनेटर दिया न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच जना विद्यार्थीलाई फिनिक्स एजुकेशनल नेटवर्कले ब्रिज कोर्षमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
वि. सं. २०७४ सालदेखि संचालनमा आएको फिनिक्स एजुकेशनल नेटवर्कले ब्रिज कोर्ष, ट्युसन, मन्टेश्वरी तालिम लगायतका कार्यक्रम सन्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology