देवदह । रुपन्देहीको देवदहमा दोस्रो जिल्ला स्तरिय स्वर्गीय निशा स्मृती रोट्रयाक्टक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । रुपन्देहीका विद्यालय बिच सद्भाव, सामिप्यता र आत्मियता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष डा. बिजय अंगाइले आइतवार पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी दिए ।
‘प्रतियोगिता सम्पन्न गर्न क्लवका उपाध्यक्ष प्रविण गौंडेलको संयोजकत्वमा ७ सदस्यिय समिती गठन गरिएको छ ।’ क्लवका अध्यक्ष अंगाइले पत्रकारहरु माझ भने, ‘गतवर्ष समेत उत्साहजनक रुपमा सम्पन्न भएको र यो वर्ष निरन्तरता दिइएको यो प्रतियोगिता क्लवको सिग्नेचर कार्यक्रम हो । यो निरन्तर रुपमा हरेक वर्ष आयोजना हुँदै जानेछ ।’
प्रतियोगितामा पहिलो बर्ष २२ वटा विद्यालय सहभागी भएको र यो वर्ष ३० भन्दा बढि विद्यालयहरुलाई सहभागी गराउनेगरि तैयारी भएको अध्यक्ष अंगाईले बताए । १ लाख ३० हजार रुपैंया भन्दा बढि खर्चको अनुमान गरिएको प्रतियोगिताका लागि देवदह नगरपालिका तथा अन्य व्यावसायिक संघसंस्था संग सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष माधव आचार्यले यहि मंसिर १३ गते शनिवार हुने हाजिरीजवाफमा समसामयिक, राजनीतिक, राष्ट्रिय, अन्तरास्ट्रिय, सूचना प्रविधी, भुगोल साहित्य, धर्म सँस्कृति लगायत क्षेत्रलाई समेटेर प्रश्न सोधिने जानकारी दिए । देवदह इङ्गलिस बोर्डिङ स्कूलको सभाहलमा आयोजना हुने प्रतियोगितामा गाउँखाने कथा, रेपिड राउण्ड र रोटरी रोट्रयाक्ट सम्बन्धी प्रश्नहरु पनि समावेश हुनेछन् ।
आचार्यले भने, ‘सहभागिताको लागि मंसिर १० गते बुधवार साँझ ५ बजेसम्म नामदर्ता गरिसक्नुपर्नेछ । प्रतियोगितामा १ जना छात्रा अनिवार्य सहित ३ जना विद्यार्थी सहभागी हुन पाउनेछन् ।’
२ चरणमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणमा लिखित परिक्षा हुनेछ भने दोश्रो चरणका लागि ८ विद्यालय छनोट हुनेछन् । प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यालय १ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको कार्यक्रम संयोजक गौडेलले जानकारी दिए । जसमा प्रथम हुनेले १५ हजार रुपैंया, द्धितिय हुनेले १० हजार रुपैंया तथा तृतिय हुनेले ५ हजार रुपैया सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिने गौडेलले जानकारी दिए ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष अर्जुन गुरुङ र सुनिल गिरीले सक्रिय सदस्य स्वर्गीय निशा चापागाइले क्लवलाइ पुर्याएको योगदानको चर्चा गर्दै उनको स्मरणमा गरे । क्लवकी सक्रिय सदस्य चापागाईंको २०७५ असार २३ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
निशाको स्मरणमा क्लवले निशा स्मृती कोष स्थापना गरेको र वार्षिक रुपमा आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट बचेको रकम कोषमा जम्मा गर्ने गरेको क्लवले जनाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology