Logo

२०८३, श्रावण ३०गते


images
images

युगज्योति माविमा आत्महत्या न्युनिकरण सम्बन्धि प्रशिक्षण

युगज्योति माविमा आत्महत्या न्युनिकरण सम्बन्धि प्रशिक्षण

images
  • युगज्योति माविमा आत्महत्या न्युनिकरण सम्बन्धि प्रशिक्षण
    images
    images

    देवदह । रुपन्देहीको देवदह प्रहरी चौकी खैरेनीले आत्महत्या न्युनिकरण तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सोमबार देवदह -६  स्थित युगज्योति माध्यमिक विद्यालयमा चौकी इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले अभिभावक, शिक्षक र विद्यार्थीलाई प्रशिक्षण दिएका हुन् । 

    images
    images
    images

    प्रशिक्षण दिंदै प्रहरी निरीक्षक नेपालीले अमुल्य जीवनको महत्वबारे सबैले बुझ्नुपर्ने बताए । "सबैको जीवनमा संघर्ष अनिवार्य छ, सबैले दु:ख र सुख समय पार गर्नु नै पर्छ ।" उनले भने, "मलाई मात्र समस्या पर्यो, मैले मात्र कुनै गल्ती गरें वा बाटो विराएँ भनेर दु:खी हुनु र जीवनदेखि हरेस खानु मुर्खता हो । समयसँग जुधेरै दुनियाँलाई जित्न सकिन्छ ।"  

    images
    images
    images

    कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष बासुदेव रिमाल, विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालसहित विद्यार्थी, अभिभावक र शिक्षक गरी १५० जनाको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी देवदहले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।  यसअघि देवदहका सबै विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम गरिसकेको चौकीले आत्महत्या प्रयासका घटना बढेसंगै यसप्रकारका कार्यक्रम संचालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।