देवदह । युगज्योति माध्यमिक विद्यालयको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलवार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रम बीच वार्षिकोत्सवको मूल समारोह सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष जसमान गुरुङले देवदहको शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई समाजले सम्झिनुपर्ने बताए । 'अघिल्लो पुस्ता अनेकौं समस्यासंग जुधेर आज विद्यालय बनेका छन् र हजारौ विद्यार्थीहरुले यहाँ पढ्न पाएका छन् । यो महत्वपूर्ण अवसरमा म सबै शिक्षाप्रेमी महानुभावहरुलाई हृदयदेखि नै सम्झन चाहन्छु' उनले भने ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले वार्षिक शैक्षिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, स्थानीय अगुवाहरु बासुदेव रिमाल, खेमनारायण अधिकारी, दयासागर दाहाल, कृष्णहरी सापकोटा लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-प्रधानाध्यापक हरी प्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको थियो ।
सो अवसरमा संस्थापक अध्यक्ष गुरुङले विद्यालयलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology