Logo

२०८३, श्रावण ३०गते


images
images

फूलबारी निर्माण प्रतियोगितामा युगज्योति मावि प्रथम

फूलबारी निर्माण प्रतियोगितामा युगज्योति मावि प्रथम

images
  • फूलबारी निर्माण प्रतियोगितामा  युगज्योति मावि प्रथम
    images
    images

    देवदह । देवदह नगरपालिका वाड नम्बर ५ को आयोजना,बुद्ध सामुदायिक वनको सह आयोजना तथा स्कलर्स होम माध्यामिक विद्यालयको सहयोगमा देवदह ५ मा रहेको कोलिय शान्ति पार्कमामा विद्यालयस्तरीय फुलबारी निर्माण प्रतियोगिता सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वार्ड नम्बर ५ का वार्ड अध्यक्ष गणेश डुम्रेले विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै वातावरण संरक्षण र सम्बर्द्धन सम्बन्धी वडाले उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो। यस्ता खालको कार्यक्रमले देवदह नगरनै पूर्ण रूपमा पर्यटकीय गन्तव्य बन्ने उहाँको भनाइ छ।

    images
    images
    images

    देवदहका ६ वटा विद्यालयको सहभागितामा रहेको विद्यालय स्तरीय फुलबारी निर्माण प्रतियोगितामा युगज्योति मावि प्रथम, देवदह बुद्ध पब्लिक आवसीय मावि द्वितीय, न्यू लुम्बिनि ईङलिस बोर्डिंग स्कुल तृतीय तथा देवदह इङ्लिस बोर्डिङ हाई स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले नगद ५ हजार, द्धितिय हुनेले ४ हजार, तृतिय हुनेले ३ हजार र सहभागि विद्यालयलाई १-१ हजार प्रदान गरिने तथा तत्काल नतिजा सार्वजनिक गर्दा निर्माण गरिएको फुलवारीको संरक्षण, सम्बर्दनमा विद्यार्थीहरुले ध्यान नदिने सम्भावनाका कारण पुरस्कार वितरण भने दुई हप्ता पश्चात मात्र गरिने वडाध्यक्षको डुम्रेले जानकारी दिनुभयो ।

    प्रतियोगितामा वडा सदस्यहरु सावित्रा पौडेल, बिमलादेवी दर्लामी, संगीता विक, होमनाथ भट्टराई, बुद्ध पब्लिक आवासीय माविका प्रिन्सिपल कृष्णप्रसाद गैरे, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग, युगज्योति प्रधानाध्यापक माविका राजु अर्याल, केरवानी माध्यमिक विद्यालयका चन्द्रकान्त पाण्डे लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युगज्योति मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।