देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयले ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ।
विद्यालयको वार्षिकोत्सवमा बोल्दै देवदह नगरपालिका वडा नं ६ का वडा अध्य्क्ष खेम बहादुर थापाले विद्यालयको शैक्षिक, भौतिक क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष थापाले देवदह नगरपालिका शिक्षाको हव भएकाले अब
विद्यालयमा विद्यार्थीले चाहे अनुसारको वातावरण मैत्री, बाल मैत्री र गुणस्तरीय शिक्षा पाउने जिकिर गरे।
कार्यक्रममा युगज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खेम नारायण अधिकारीले अध्यक्षको प्रतिवेदन, विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले शैक्षिक प्रतिवेदन, विद्यालयका लेखापाल लेखनाथ पौडेलले लेखा प्रतिवेदन पेश गरेका थिए।
कार्यक्रममा पुर्व प्रधानाध्यापक तथा शिक्षक सम्मान, विभिन्न खेलकुद, साहित्यिक कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाइ पुरस्कार तथा मेडल वितरण गरिएको थियो।
यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा भीम बहादुर खत्रीसहित विद्यालयमा १५ वर्षसम्म अध्यापन गरेका शिक्षकहरु रमा ज्ञवाली र निर्मला मगरलाई सम्मान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology