देवदह । युगज्योति माध्यमिक विद्यालयले ३९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार विद्यालयमा औपचारिक समारोहबीच विद्यालयले ३९औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहमा बोल्दै देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेमबहादुर थापाले विद्यालयले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको चर्चा गरे
। शैक्षिक सफलताको लागि विद्यालयका अभिभावक, समाजसेवी तथा शिक्षा प्रेमी वुद्धिजीवीहरुको अतुलनिय योगदान हुने उल्लेख गर्दै उनले वडा कार्यालयबाट विद्यालयको शैक्षिक, भौतिक प्रगतिमा सदैव सहयोग हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दयासागर दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय भिमलाल काफ्ले, टेक बहादुर राना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालयका सहप्रधानाध्यापक हरि प्रसाद भण्डारीको स्वागत रहेको कार्यक्रमको संचालन शिक्षक शीला मल्लले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology