Logo

२०८३, श्रावण ३०गते


images
images

युगज्योति मावि देवदहमा पहिलो पटक महिलाको नेतृत्व

युगज्योति मावि देवदहमा पहिलो पटक महिलाको नेतृत्व

images
  • सेतोमसी सहकर्मी
  • युगज्योति मावि देवदहमा पहिलो पटक महिलाको नेतृत्व
    images
    images

    देवदह । युगज्योति मा वि देवदह–६ को व्यवस्थापन समिति अध्यक्षमा राधिका अर्याल चयन भएकी छन् । २०४२ सालमा स्थापना भएको विद्यालयले पहिलोपटक अध्यक्षको रुपमा महिला नेतृत्व पाएको हो ।

    images
    images
    images

    सर्वसम्मत रुपमा चयन भएको समितिका अन्य सदस्यहरूमा दयासागर दहाल, विष्णुप्रसाद न्यौपाने, विष्णु रायमाझी, कृष्णप्रसाद काफ्ले र मीना नेपाली तथा पदेन सदस्य खेमबहादुर थापा र सदस्य सचिव प्र.अ यमलाल अर्याल रहेका छन् ।

    images
    images
    images

    करिव ३ सय जना अभिभावकहरूको उपस्थितिमा भएको भेलाले संगीता बिकको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । यसको सदस्यहरूमा बसन्ती सुनार, पुष्पा नेपाली, सीता सुनार, कुमारी पुन, दिलमाया सुनार र सीता बिक रहेका छन् ।

    images
    images
    images

    ११ सदस्यीय संघको अन्य ४ जना सदस्य पछि मनोनित गरिने प्रअ अर्यालले जानकारी गराए । त्यसैगरी भेलाले गणेश बस्यालको संयोजकत्वमा शैक्षिक गुणस्तर अनुगमन तथा मल्याङ्कन समिति समेत गठन गरेको छ ।

    उक्त समितिको सदस्यहरूमा देवकला अधिकारी, जीवनकुमारी सुनार अमर सिंह बिक, रूपा सुनार र दिपा तिवारी रहेका छन् ।

    सो समितिका अन्य ३ जना सदस्य समेत पछि मनोनित गरिने प्रअ अर्यालले बताए । देवदह नगरपालिका शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन छनौट समिति देवदहका संयोजक परशुराम ढकालको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा, पुर्व अध्यक्ष बासुदेव रिमाल, खेमनारायण अधिकारी, केरवानी मा बि का शिक्षक खेमानन्द ज्ञवाली लगायतले बोल्दै नवगठिन समितिका पदाधिकारीहरूलाई शुभकामना दिएका थिए । शिक्षक शिला मल्लको सञ्चालनमा अभिभावक भेला सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युगज्योति मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।