Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश सरकारले लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने

प्रदेश सरकारले लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने

images
  • सेतोमसी सहकर्मी
  • प्रदेश सरकारले लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने
    images
    images

    लुम्बिनी  ।  लुम्बिनी प्रदेश सरकारले विश्वलाई शान्तिको मुहानका रुपमा स्थापित गर्नका लागि लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट सार्वजनिक गर्दै शिखर सम्मेलन गर्ने बताएका हुन् । 

    images
    images
    images

    मुख्यमन्त्री जोखबहादुर महरालाइ लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध र लुम्बिनीको सन्देश विश्वव्यापी बनाउन आग्रह गरेअनुसार बजेटले सम्बोधन गरेको हो । 

    images
    images
    images

    "विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको “जीवनकालमा लुम्बिनीमा कम्तिमा एक पटक पाइला टेक” भन्ने भनाइ सहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिनेछ" बजेट वक्तव्यमा भनिएको छ  । 

    images
    images
    images

    यस्तै सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ । 

    लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । यसअघि संघीय सरकारका अर्थमन्त्री बर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रम सहितको बजेट ल्याएके छ । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हव बनाउने घोषणा गरिएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।