Logo

२०८३, आश्विन १२गते


images
images

दक्ष जनशक्तिलाई विदेशिन बाट रोकौ : मुख्यमन्त्री महरा

दक्ष जनशक्तिलाई विदेशिन बाट रोकौ : मुख्यमन्त्री महरा

images
  • सेतोमसी सहकर्मी
  • दक्ष जनशक्तिलाई विदेशिन बाट रोकौ : मुख्यमन्त्री महरा
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको दक्ष श्रम शक्तिलाई विदेश जानबाट रोक्नुपर्ने बताएका छन । नेपालले उत्पादन गरेका योग्य श्रम शक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सबैपक्षले छलफल चलाउनु पर्ने उनले बताए ।

    images
    images
    images

    नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यही खपत हुने वातावरण सृजना गर्ने तर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी गराए । नेपाली श्रमिकको श्रममुल्य नेपालमा कम रहेकाले विदेशिनु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भने, ‘नेपाली उत्पादनको वृद्धि र श्रममुल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ ।’

    images
    images
    images

    दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम प्रयोग (कृत्रिम बौद्धिकता सम्बन्धी कार्यक्रममा उद्घाटन गर्दै उनले समयको रफ्तार सँगै प्रविधिको विकास र विस्तार हुँदै गएको बताए । राप्ती इन्जिनियरिङ कलेज, स्वर्गद्वारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोडदिनुपर्ने सुझाव दिए ।

    images
    images
    images

    विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ति उत्पादनका लागि सबैपक्षले काम गर्नुपर्ने बताए ।

    मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सही रुपमा प्रयोग गर्न जरुरी भएको बताउँदै गतल रुपमा प्रयोग हुने विषय वस्तुहरूलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे ।

    नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू विदेशिने क्रम बढ्दो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने वातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री महरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।