कृष्ण अन्जान, रुरु । नेपालकै एकमात्र कफि अनुसन्धान कार्यक्रम आवस्यक विज्ञ र जग्गाको अभाव जुधिरहेकाे छ ।
बिक्रम सम्बत २०७१ साल बैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले कफिकाे बाेट लगाइ उद्घाटन गर्नु भएकाे याे कफि अनुसन्धान कार्यक्रमकले सात वर्ष पुरा गरेकाे छ ।
नेपाल कृषि अनुसन्धान परिषद नार्क द्दारा बलेटक्सार ४ काे भण्डारी डाँडालाइ कफि अनुसन्धान कार्यक्रमका लागि उपयुक्त ठाउँ काे रुपमा छनौट गरि कार्यालय समेत स्थापना गरेकाे छ तर याे अनुसन्धान केन्द्र जग्गाकाे अभाव सँगै दरबन्दी कायम हुँदा हुँदै पनि विज्ञ कर्मचारी कृषि अनुसन्धान परिषद नार्कले पठाउन नसक्दा भने जति काम नभएकाे कफि अनुसन्धान कार्यक्रम प्राविधिक शमसेर बस्नेत काे भनाई छ ।
यति बेला कफि अनुसन्धान कार्यक्रमसँग जम्मा एक सय राेपनि जग्गा छ । उत्तर तिर पचास राेपनि र दक्षिण तिर पचास राेपनि जग्गा रहेकाे कफि अनुसन्धान कार्यक्रम का लागि २ सय राेपनि जग्गा अावस्यक छ तर जग्गा एक सय राेपनिमा मात्र याे कार्यक्रम सिमित छ ।
कफि अनुसन्धान कार्यक्रमका निर्माण भएका सँरचनाहरुले पचास राेपनि जग्गा अाेगटेकाे छ भने बाँकी पचास राेपनि जग्गा कफिकाे नर्सरी ब्लकका लागि अत्यन्तै कम भएकाे प्रमुख थापाले बताउनु भयाे ।
कफि अनुसन्धान कार्यक्रमका लागि व्यवस्थापन गरिएकाे जग्गा खण्डिकृत छ । उत्तर र दक्षिण तर्फकाे जग्गाकाे बिचमा करिब चौविस राेपनि जग्गा खालि छ तर याे जग्गा २०५५ सालमा सुकुम्बासी समस्या समाधान अायाेगले सुकुम्बासी हरुलाइ लालपुर्जा सहित बितरण गरिएकाे देखिन्छ तर अहिले सम्म यहाँ एक घर पनि सुकुम्बासी हरु अाएर बसेकाे पाइँदैन ।
अायाेगले बितरण गरेकाे जग्गा निश्चित अवधि सम्म भाेग चलन नगरे के हुने या सरकारी जग्गामा परिणत हुने याे प्रावधान बारे काेहि जानकार छैन ।
रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले याे जग्गाकाे विषयमा बुझेर यदि मिल्ने भए कफि अनुसन्धान कार्यक्रमलाई दिने व्यवस्था गर्न सकिने मौखिक रुपमा बताउनु भए पनि प्रकृयाकाे थालनि भने भएकाे छैन ।
अर्काे तर्फ कफि अनुसन्धान कार्यक्रमले विज्ञ कर्मचारीकाे अभाव खेपि रहेकाे छ ।
कार्यक्रमका लागि वागवानि विज्ञ ,वालिराेग विज्ञ , वालि प्रजनन विज्ञ ,माटाे विज्ञ र कीट विज्ञ अावस्यक छ । तर यति बेला कीट विज्ञकाे रुपमा शमशेर बस्नेत मात्र रहनु भएकाे छ ।
गुल्मेली कफि काे इतिहासले करिव बयासी बर्ष पूरा गरेकाे छ ।
बिक्रम सम्बत १९९५ सालमा अाँपचौरका हिरा गिरीले बर्माबाट फर्किँदा केही कफिका बीउ ल्याएर राेपेपछि यस्काे व्यवसायीक खेति शुरु भयाे ।यिनै बयासि बर्षमा यहि अाँपचौर बाट शुरुवात भएकाे कफि देशै भरि फैलियाे ।
कुनै समयमा वार्षिक ५५ टन कफि उत्पादन भएकाेमा बिक्रम सम्बत २०६७/०६८ मा अाइ पुग्दा वार्षिक २५ टनमा गुल्मेली कफिकाे उत्पादन झर्याे । याे अवस्थामा झरेकाे कफि उत्पादन लाई बढाउन गुल्मेली अभियन्ता लागि परे र यसैकाे फल स्वरुप कफि अनुसन्धान कार्यक्रम काे कार्यालय स्थापना भइ कफि मा लाग्ने सेताे गवाराे सिन्दुरे राेगकाे राेकथामका साथै उन्नत जातकाे कफि नर्सरि बाट कफिका बिरुवा उत्पादनकाे काम र रिसर्च समेत भइरहेकाे छ ।
अहिले सम्म अाठहजार भन्दा बढिले याे केन्द्र अवलाेकन गरेका छन र जस्मा प्रशासक साँसद मन्त्री राजनैतिक दलका नेता गण सँचार कर्मि स्थानिय तहका प्रतिनिधि विदेशि कुटनैतिक निकाएका प्रतिनिधि र महामहिम राजदुत समेत छन ।
कफि अनुसन्धानका क्षेत्रमा काम गरिरहेकाे याे कफि अनुसन्धान केन्द्र १० वर्ष मा एसियन स्टानडर्ड काे र ५० वर्ष मा युराेप अमेरिकाकाे स्ट्यान्डर्डकाे अनुसन्धान केन्द्र बनाउने लक्षका साथ अगाडि बढ्दै गर्दा जग्गा र विज्ञ कर्मचारीकाे अभाव सँग जुधि रहनु एउटा विडम्बना बाहेक अरु के हुन सक्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology