Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल-खैरेनी सडकखण्डको १२ किलोमिटर सडक १५ दिनमा बन्ने

बुटवल-खैरेनी सडकखण्डको १२ किलोमिटर सडक १५ दिनमा बन्ने

images
  • बुटवल-खैरेनी सडकखण्डको १२ किलोमिटर सडक १५ दिनमा बन्ने
    फाइल फोटो
    images
    images

    देवदह ।  बुटवल–नारायणगढ सडकखण्ड अन्तरगत  देवदह क्षेत्रको १२ किलोमिटर सडक १५ दिनभित्र स्तरीय ग्रावेल सम्पन्न गर्ने सम्झौता भएको छ । देवदह नगरपालिकामा सम्पन्न सर्वपक्षीय बैठकले देवदहको कचरार नदीदेखि बुटवलको धागो कारखानासम्म बर्षायाममा हिड्ने मिल्ने गरी स्तरीय ग्रावेल गर्ने सहमति भएको हो । 

    images
    images
    images

    देवदह नगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, चाईना स्ट्रेट कम्पनी, व्यवसायीक संघसंस्था र सरोकारवाला बिच  भएको सम्झौतामा सर्वपक्षीय  नगरपालिकाभित्रको १२ किलोमिटर सडकमा सक्ने ठाउँमा एकतर्फी पिच गर्ने, बर्षायाममा हुने डुवानबाट रोक्नको लागि पानीको निकास निकाल्ने र केही स्थानमा स्तरीय ग्रावेल निर्माण गर्ने सहमति भएको देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले जानकारी दिए । 

    images
    images
    images

    देवदहको खैरेनीदेखि शितलनगर, घोडाहा, भलुही क्षेत्रमा दुर्घटनाबाट मानवीय क्षति भईरहेको, वर्षामा हिलो र घाम लागेको अवस्थामा धुलोका कारण मानविय स्वास्थ्यमा हानी भएको भन्दै स्थानीयले विरोध जनाउंदै आएका थिए । देवदह नगरपालिकाले देवदह नगरपालिकाले सडक निर्माणको लागि नदीजन्य पदार्थ उपलव्ध गराएपनि निर्माण कम्पनीले समयमा काम नगर्दा आमनागरिकले समस्या भोग्न वाध्य भएको हुनाले नगरको पहलमा सर्वपक्षीय बैठक बसी सम्झौता गरिएको नगर प्रमुख खरेलले बताए ।

    images
    images
    images

    "ठेकेदार कम्पनीले ३ महिनामा देवदह क्षेत्रको एकतर्फी बाटो निर्माण गर्ने गरी सम्झौता गरेपनि आलटाल गर्दै आएको थियो" उनले भने, "समयमै बाटो बन्न नसक्दा बर्षायाममा बस्ती डुवानमा पर्ने संभावना समेत रहेकोले त्यसलाई निराकरण गर्नको लागि १५ दिनभित्र स्तरीय ग्रावेल गर्ने गरी सहमति भएको  छ ।"

     सर्वपक्षीय बैठकमा बोल्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले ठेकेदारले समयमा बाटो निर्माणको काम नगरे जिल्ला प्रशासन कार्यालयले कार्वाही गर्ने बताएका थिए । बर्षायाममा हुने डुवानलाई समेत मध्यनजर गर्दै निर्माणको कामलाई तिव्रता उनले आग्रह गरे ।  

     बुटवल–नारायणगढ सडक खण्ड अन्र्तग बर्दघाट बुटवल आयोजनाका ईन्जिनियर सशांक मिश्रले नदीजन्य पदार्थका कारण बाटोको काम समयमा सम्पन्न हुन नसकेको  बताएका थिए । 

    सर्वपक्षीय बैठकमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, चाईना स्टेट कम्पनीका प्रतिनिधि कुडुरु, राजनीतिक दलका प्रतिनिधि माधव रिमाल, गोविन्द ठड्राई, केशव भट्टराई, वासुदेव रिमाल, गुनाखर भुर्तेल, व्यवसायी संघसंस्थाका हरि भण्डारी, कोषबहादुर गुरुङ्ग तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल-खैरेनी सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।