Logo

२०८३, श्रावण ३०गते


images
images

बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु

बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा ।बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु गएको छ भने दुईजना घाइते छन्। गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ।

    images
    images
    images

    मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी सपना र विपना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिए। यस्तै, शुक्रबार राती भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम बिकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्तीको मृत्यु भएको हो।

    images
    images
    images

    पहिरोमा परि प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

    images
    images
    images

    पहिरो शनिबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्धार कार्य जारी राखेको यादवले जानकारी दिए। यस्तै, स्याङ्जामा गएरातीको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ की दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।