Logo

२०८३, श्रावण ३०गते


images
images

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

images
  • सेतोमसी सहकर्मी
  • आजदेखि एकीकृत समाजवादीको बन्दसत्र
    images
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ ।

    images
    images
    images

    बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ ।एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो ।

    images
    images
    images

    यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूको दाबी छ ।

    images
    images
    images

    अध्यक्षका लागि माधव नेपालका साथै महासचिव घनश्याम पनि भूसाल आकांक्षि छन् । सर्वसम्मत चयन हुने अवस्था नभए नेपाल र भूसाल प्यानलसहित निर्वाचनमा जानेछन् ।महाधिवेशनको आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।