Logo

२०८३, आश्विन १०गते


images
images

सङक्रमितकाे मनाेवल बढाउँदै गुल्मीका जनप्रतिनिधि 

सङक्रमितकाे मनाेवल बढाउँदै गुल्मीका जनप्रतिनिधि 

images
  • सेतोमसी सहकर्मी
  • सङक्रमितकाे मनाेवल बढाउँदै गुल्मीका जनप्रतिनिधि 
    images
    images

     

    images
    images
    images

    कृष्ण अन्जान गुल्मी ,  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका जनप्रतिनिधिले काेराेना सङक्रमितकाे मनाेवल उच्च बनाउँन धेरै अग्रसर भएका छन् ।काेराेना संक्रमण यतिवेला बढ्ने क्रममा छ । गाउँ घरमा समुदायमा काेराेना संक्रमण फैलिए सँगै एकातिर त्रास छ र अर्काे तिर समुदायका नागरिकको  आत्मबल बढउनु पर्ने बाध्यता उत्तिकै छ ।
      बढ्दाे काेराेना संक्रमणले त्रसित समुदायलाई आत्मबलकाे  आवस्यक्ता परिरहँदा रुरुक्षेत्र गाउँ पालिका भित्रका जन प्रतिनिधि हरु संक्रमित क्षेत्रमा पुगेर आत्मबल बढाउने काम मा व्यस्त छन ।
     रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विक  साेमवार रुरु १ काे भट्कुवा एक्लेपिपल क्षेत्रका संक्रमित सँग भलाकुसारी र अवस्थाका बारेमा साेधपुछमा व्यस्त देखिनुहुन्थ्याे ।

    images
    images
    images


    संक्रमित हरुलाई यतिवेला आत्मवलकाे खाँचाे छ          जनप्रतिनिधि हरुले सङक्रमण कसरी कम गर्ने र सँक्रमितकाे मनाेबल कसरी बढाउने भन्ने दायित्व वाेध हुनु पर्नेमा वडाध्यक्ष विक ले जाेड दिनु भयाे ।
    "वडा भित्र सङक्रमीत  क्षेत्रमा पुगेकाे छु आज यहाँ आए भाेलि भट्कुवाकाे माथिल्लो गाउँका सङक्रमित सँग भेट्ने कार्यक्रम छ "वडाध्यक्ष विकले भन्नु भयाे ।
    रुरुक्षेत्र ३  थानपतिमा पनि जनप्रतिनिधि हरु संक्रमित काे घरघरमा पुगेर काेभिडकाे बारेमा  जनचेतना र आत्मबल बढाउने काममा व्यस्त देखिन्छन् ।

    images
    images
    images


    हामी जनताबाट निर्वाचित प्रतिनिधि हौँ र जनता प्रति पुर्ण जिम्मेवार छौँ रुरु ३ कि वडासदस्य कविता गौतमले भन्नु भयाे ।
    जनप्रतिनिधि हरुकै पहलमा मास्क सेनिटईजर खाेपकाे जानकारी स्वास्थ मापदण्ड हरु घरघरमा पुगेर सुचना दिएकाे रुरु ३ का वडासदस्य तिलक ज्ञवालीले भन्नु भयाे ।
    त्यसाे त वडा न २ का वडाध्यक्ष घनस्याम अर्याल वडा न ४ का फर्सुराम ज्ञवाली वडा न ५ का हरि ज्ञवाली वडा न ६ का गिरी प्रसाद सिँजाली पनि कसरी संक्रमण कम गर्ने र कसरी सँक्रमित हरुमा आत्मवल बढाउने भन्नेमा लागि पर्नु भएकाे छ ।


     गाउँपालिकाले सवै वडामा काेभिडकाे सरल चेकजाँच र काेभिड बिरुद्धकाे अभियानमा लाग्न हामिले जनप्रतिनिधि हरुलाई आग्रह गरेका छौँ रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्तले भन्नु भयाे ।
     काेभिड बिरुद्धकाे अभियानमा सबैभन्दा कडा रुपमा रुरुक्षेत्र  गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम देखिनु भएकाे छ ।

     "काेभिड विरुद्ध सवै सँयन्त्र परिचालित गरेका छौँ कुनै कमि रहन दिएका छैनौँ " अध्यक्ष गौतमले भन्नु भयाे ।
     स्वास्थका कर्मचारी सँगै  जन प्रतिनिधि हरु आफ्नाे क्षेत्रमा खटेका छन आईसाेलेसनमा अक्सिजनकाे कमि हुन दिएका छैनौँ तर काेभिडबाट बच्ने कुरामा समुदाय पनि अनुशासित बन्नु पर्याे हामिले बारम्बार भनिरहेकाे विषय हाे याे ।
    निश्चय पनि अध्यक्ष गौतमले भने जस्तै समुदायको सतर्कताले काेभिड संक्रमण हुन सक्ने मा दुईमत भने छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।